२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु

२०७७, ६ आश्विन मंगलवार ०८:०३

असोज ६, गलकोट। ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पुर्याउँदा विद्युतसँगै  मोवाइल टावर समेत बन्द भएको थियो । केन्द्रीय विद्युत नपुगेको ढोरपाटन क्षेत्रमा लघुजलविद्युतबाट मोवाइल टावर सञ्चालन गरिँदै आइएको थियो । 

बाढीले ढोरपाटनको भूजीखोला क्षेत्रको ११ जलविद्युतमा क्षति पुर्याउँदा सञ्चार सुविधाबाट वञ्चित भएका ढोरपाटनबासीलाई नेपाल टेलिकमले वैकल्पिक उर्जा सोलार जडान गरी सोमबारदेखि सेवा सुचारु गरेको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो । बाढीका कारण ढोरपाटन नगरपालिका–८ र ९ मा भदौं १७ गतेदेखि सञ्चार सुविधा अवरुद्ध भएको थियो । बाढीका कारण वेपत्ता भएका ३७ मध्ये २२ जनाको शव फेला परेको छ भने १५ जना अझै वेपत्ता रहेका छन् । 

विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा सञ्चार मोवाइल सेवा अवरुद्ध भएको थियो । सडकमा बाढीले क्षति पु¥याएको हुँदा तत्काल त्यहाँ सोलार जडान गरी मोवाइल सेवा सञ्चालनमा आउन सकिएको थिएन ।  ढोरपाटन नगरपालिकाको समन्वयमा सालझण्डी–ढोरपाटन सडक आयोजनाले केही दिन पहिले उक्त स्थानसम्म सडक मर्मत गरे पछि सोलारका सामाग्री पु¥याएर जडान गरिएको हो । “तत्काल त्यहाँ रहेका लघु जलविद्युत सञ्चालनमा आउने सम्भावना नरहेपछि  टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको हो,” उहाँले भन्नुभयो “सोलार प्रणलीबाट जडान गरिएको टावर घाम नलाग्दा समस्या ल्याउन सक्छ, विद्युत सुचारुचएपछि पुन टावरलाई विद्युतवाट सञ्चालनमा ल्याउने छौं ।”  

ढोरपाटन ८ बोवाङ बिजौरेमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको  छ । सेवा सुचारु गर्न  टेलिकमले पोखराबाट प्राविधिक टिम सहित सोलार सेट व्यवस्थापन गरेको थियो । विद्युत आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए । सालझण्डी ढोरपाटन सडक बाट टावर सम्म सामाग्री पुराउन स्थानीय बासिन्दा, विपत व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको हो । 

बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिङ्क बन्द रहेको थियो ।  लिङ्क बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा समेत २० दिनदेखि मोवाइल सेवा अवरुद्ध रहेको  टेलिकम पोखराका इञ्जिनियर शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । टावरमा सोलार जडान गर्न प्राविधिक कटकबहादुर गुरुङ सहितको टिम बोवाङ पुगेको थियो । यही सोमबारदेखि मोवाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयहरू खुशी भएको ढोरपाटन  –९ का वडाध्यक्ष हरि बहादुर घर्तीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते