मोबाइलबाटै सार्वजनिक सेवा दिने नागरिक एप प्रयोग गर्न सीम आफ्नै नाममा हुनु पर्ने

Posted on: 27 Feb, 2022

फागुन १५, काठमाडौँ । सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ । 

आज हामी तपाईलाई नेपाल टेलिकम तथा एनसेलको तपाईले प्रयोग गर्ने सीम कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउने तरिका बारे जानकारी दिदैछौँ । 

आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९२२# डायल गर्नुहोस । यसबाट आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ । 

त्यस्तै तपाईले प्रयोग गर्ने एनसेलको सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९९६६# डायल गर्नुहोस । त्यसपछि आफुले प्रयोग गर्ने सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

यदि आफुले प्रयोग गरिरहेको सीम अरुको नाममा दर्ता छ भने उक्त सीम आफ्नो नाममा ल्याउन पनि सकिन्छ । जसको लागि सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्नुपर्ने हुन्छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!