भदौ १४, लहान । सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, लहान । सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सिराहा - SRH

सिरहाको स्वास्थ्य संस्थामा औषधि अभाव

१४ भाद्र २०७३, मंगलवार ०९:१९

भदौ १४, लहान । सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको जिल्ला अस्पतालमा थोरै सङ्ख्यामा सिटामोल बाहेक अन्य कुनै औषधि नरहेको अस्पतालले जनाएको छ । सरकारले अस्पतालबाट ७० प्रकारका र प्राथमिक स्वास्थ्य केन्द्र तथा उपस्वास्थ्य चौकीबाट ४० प्रकारको औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । 

जिल्लाका कतिपय स्वास्थ्य संस्थामा केवल सिटामोल मात्र छ भने कतिपयमा त्यो पनि सकिएको छ । जिल्लामा एउटा जिल्ला अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्र र १०४ उपस्वास्थ्य चौकी छन् । ती सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि बिरामी बाहिरको निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य छन् । 

गत पुस र माघयता कार्यालयले औषधि नपठाएकाले औषधिको आभाव भएको स्वास्थ्य संस्थाका प्रमुखले बताएका छन् । यता जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले स्वास्थ्य सेवा विभागबाट लामो समयदेखि औषधि नपठाएकाले जिल्लामा औषधिको आभाव भएको जनाएको छ । 

जनस्वास्थ्य कार्यालयका भण्डार शाखा प्रमुख कामेश्वर रोहिताका अनुसार गत आव २०७२/७३ मा औषधि सेवा विभागबाट तीन पटकमा तीन ट्रक मात्र औषधि पठाइएकाले औषधिको आभाव भएको हो । औषधिको अभाव भएको र पठाइदिन विभागमा पटक पटक ताकेदा गर्दा समेत चालु आव ७३/७४ मा हालसम्म कुनै औषधि नआएकाले स्वास्थ्य संस्थालाई औषधि उपलब्ध गराउन नसकिएको रोहिताले बताउनुभयो । 

कार्यालयको भण्डारमा अहिले सिटामोल ४० हजार र जीवनजल सात हजार थान मात्र मौज्दात रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान