२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवालाई गलत बाटोमा डोर्‍याएको भन्दै टिकटक र पब्जीमाथि तालिवानको प्रतिबन्ध

११ बैशाख २०७९, आईतवार ०९:५२

वैशाख ११, काठमाडौँ | केही महिनाअघि महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको अफगानिस्तानको तालिवान सरकारले अहिले आएर पब्जी र टिकटकमाथि समेत प्रतिबन्ध लगाएको छ । गत बिहीबार एक उर्दी जारी गर्दै तालिवानले भिडिओ शेयरिङ एप टिकटक र अनलाइन सर्भाइभल शुटर पब्जी खेलमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । 

तालिवान सत्तामा आइसकेपछि उसले अप्रत्याशित रूपमा विभिन्न कार्यक्रममा प्रतिबन्ध लगाइसकेको छ । त्यस्तै अहिले उसले मनोरञ्जनका यस्ता माध्यमले युवावर्गलाई गलत दिशातर्फ डोऱ्याएको भन्दै प्रतिबन्ध लगाउने निर्णय लिएका हो ।

अफगानिस्तानमा परिचित मनोरञ्जनात्मक एपहरूमा प्रतिबन्ध लगाएको तालिवानले केही समयअघि संगीत, सिनेमा र केही टेलिभिजन कार्यक्रममा समेत प्रतिबन्ध लगाएको थियो । यस्ता एपहरूका कारण युवा पुस्ता गलत बाटोतर्फ लागेको र देशमा त्यसले प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पारेको विचार गत बिहीबारको मन्त्रिपरिषद्‌ले पास गरेको थियो ।

त्यस लगत्तै अफगानिस्तानको दूरसञ्चार मन्त्रालयले तत्कालै टिकटक र पब्जीमाथि प्रतिबन्ध लगाउने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली