२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवालाई गलत बाटोमा डोर्‍याएको भन्दै टिकटक र पब्जीमाथि तालिवानको प्रतिबन्ध

२०७९, ११ बैशाख आईतवार ०९:५२

वैशाख ११, काठमाडौँ | केही महिनाअघि महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको अफगानिस्तानको तालिवान सरकारले अहिले आएर पब्जी र टिकटकमाथि समेत प्रतिबन्ध लगाएको छ । गत बिहीबार एक उर्दी जारी गर्दै तालिवानले भिडिओ शेयरिङ एप टिकटक र अनलाइन सर्भाइभल शुटर पब्जी खेलमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । 

तालिवान सत्तामा आइसकेपछि उसले अप्रत्याशित रूपमा विभिन्न कार्यक्रममा प्रतिबन्ध लगाइसकेको छ । त्यस्तै अहिले उसले मनोरञ्जनका यस्ता माध्यमले युवावर्गलाई गलत दिशातर्फ डोऱ्याएको भन्दै प्रतिबन्ध लगाउने निर्णय लिएका हो ।

अफगानिस्तानमा परिचित मनोरञ्जनात्मक एपहरूमा प्रतिबन्ध लगाएको तालिवानले केही समयअघि संगीत, सिनेमा र केही टेलिभिजन कार्यक्रममा समेत प्रतिबन्ध लगाएको थियो । यस्ता एपहरूका कारण युवा पुस्ता गलत बाटोतर्फ लागेको र देशमा त्यसले प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पारेको विचार गत बिहीबारको मन्त्रिपरिषद्‌ले पास गरेको थियो ।

त्यस लगत्तै अफगानिस्तानको दूरसञ्चार मन्त्रालयले तत्कालै टिकटक र पब्जीमाथि प्रतिबन्ध लगाउने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै