२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सेरिज्यूला गाउँमा बन संरक्षण गर्न गजबको विधि प्रयोग हुदै

३ कार्तिक २०७३, बुधबार ०९:२७

दलसिंह गिरी, कार्तिक ३, कालिकोट । जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तर तर्फ पर्ने रकु गाविस वडा नं। ४ सेरिज्यूलाका समुदायहरुले बन संरक्षण गर्न एक गजबको विधि प्रयोग गरेका छन् ।

नेपालको पहाडी भेगमै एक प्रमुख बालीको रुपमा लिइने मकैबाली पाकी सकेपछि केही महिना घर बाहिर राख्न प्रयोग गरिने ठांग्रो (आवश्यक विरुवा) बनबाट ल्याई बर्षेनी बन मासिदै जान थालेपछि घरमै सिमलको बोट रोपौं   अभियान थालेका छन् । घरमै सिमलको बोट रोपेपछि जंगलको बहुउपयोगी काठे विरुवा पनि नमासिने र घरमा मकै झुन्ड्याउने ठांग्रो (माझ) पनि बर्षै पिच्छे फेर्न नपर्ने भएकाले सिमलको बोट रोपौं अभियानमा लागेको स्थानीय वासीहरु बताउछन् । 

६/७ बर्ष पहिले रकु ४ का शंक गिरीले मकैको ठांग्रो बनाउन सिमलको बोट रोपी प्रयोगमा ल्याएका थिए पछि त्यही गाडेको सिमल पालएर रुखै बन्यो, अहिले गाउका अधिकांश घरहरुमा मकैको ठांग्रो बनाउन सिमलको बोट प्रयोग गरेको पाईन्छ । शंक गिरी भन्छन् ७ बर्ष पहिले आफुले मकै झुन्ड्याउने उपयुक्त काठ नजिको बनमा नपाएपछि अन्तत सिमलको हरियो बोट काटी गाडेर मकै झुन्ड्याउने काम गरे पछि उसै गाडेको सिमलको बोट पलाएर रुख बनेपछि अहिले नियमित ६÷७ बर्ष देखि त्यसैमा मकै झुन्ड्याउने धानको पराल राख्ने काम गरिरहेकोछु । अहिले यहि सिको सिंगो गाउले गरेपछि पुरै गाउँ सिमलगाउँ झै  भएको उनी बताउछन् । 

मकै झुन्ड्याउने ठांग्रोका लागि सेरिज्यूलामा मात्र बर्षेनी सल्लो, उतिस, बाझ, काउलो जस्ता पचास भन्दा विरुवाहरु मासिने गर्थे तर अहिले मकै झुन्ड्याउन सिमलको बोट प्रयोग गर्न थालेपछि जंगल मासिने क्रम घट्दै गएको भुमिराज सामुदायीक बनका अध्यक्ष नरेन्द्र गिरी बताउछन् ।

सेरिज्यूला गाउँमात्र मकै खेतीहुने सम्पूर्ण बस्तीहरुमा सिमलको विरुवा हुर्काइ प्रयोगमा ल्याउन सके बर्षेनी मकै झुन्ड्याउनका लागि मात्र काटीने हजारौ विरुवा काटिनबाट रोकी बन संरक्षण हुने स्थानीय बुद्धिजीवी पूर्ण गिरी बताउछन् । यो अभियानले बन संरक्षण मात्र नभै नेपाल सरकारले जारी गरेको जलबायुपरिवर्तनका लागि रुख रोपौं अभियानको नारालाई सार्थक बनाउने गिरीको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव