२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाल्पामा अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

२०७३, १८ कार्तिक बिहीबार ०६:११

कात्तिक १८, पाल्पा । पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । 

दशैं तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ । 

विशेषगरी दसँैतिहारका बेला अदुवाको राम्रो मूल्य हुने गर्दथ्यो तर यसपालिको दशैंमा अदुवाको मूल्य झनै ओरालो लागेको किसानको भनाइ छ । पाल्पा मुभुङ्ग अदुवा सङ्कलन केन्द्रका सञ्चालकका अनुसार नयाँलाई प्रतिकिलो २० रुपैयाँ, पुरानोलाई प्रतिकिलो ५० रुपैयाँभन्दा कम मूल्य रहेकोले किसानलाई निकै मर्का परेको बताउनुहुन्छ । रु सयभन्दा बढी मूल्यमा खरिद गरी अदुवा रोपेका किसानलाई अहिले अदुवाको भाउ घटेपछि निकासी हुन सकेको छैन । 

अदुवाको मूल्य राम्रो नभएपछि किसानले अदुवा बारीबाट समेत खनेका छैनन् । जिल्लाका पश्चिम भैरवस्थान, कुसुमखोला, पालुङ्गमैनादी मुभुङ्ग, छहरा, सोमादी, भुवनपोखरी लगायतका गाविसबाट ठूलो मात्रामा अदुवा भारत निकासी हुने भएपनि यसपालि अदुवाको बजार राम्रो नभएपछि अदुवा किसानको बारीमा नै रहेको छ । 

भारतीय बजारमा अदुवाको निकासी हुने भए पनि यसपालि भारतीय बजारमा अदुवाको माग कम भएकाले नेपालमा उत्पादित अदुवाले बजार पाउन सकेको छैन । अदुवालाई सुकाएर सुठो बनाउन सकेको अवस्थामा आम्दानी राम्रो हुने थियो । मुभुङ्ग–७ का जङ्गबहादुर आलेका अनुसार अदुवाको मुल्य राम्रो नभएकाले अदुवा अझै बारीमा नै रहेको बताउनुहुन्छ । पैसा राम्रो नभएपछि बारीमा रहेको अदुवा खनेर बेच्दा खरिद मूल्यसमेत नउठ्ने किसानको भनाइ छ । 

पाल्पाको पश्चिम भेगमा सङ्कलित अदुवा जिल्लाको दोभान गाविसको प्रमुख सङ्कलन केन्द्रमा सङ्कलन गरी भारत निकासी हँुदै आएको छ । बजारमा अदुवाको मूल्य न्यून रहेपछि अदुवा सङ्कलन हुन समस्या भएको अदुवा सङ्कलन केन्द्रका सञ्चालक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने