२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनुषामा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन पुरस्कृत

२०७३, ३ मंसिर शुक्रबार ०६:४२

मङ्सिर ३, धनुषा । जिल्ला कृषि विकास कार्यालय धनुषाले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धनुषाका तीनजना किसानलाई पुरस्कृत गरेको छ । 

कार्यालयले ३६औँ विश्व खाद्य दिवसका अवसरमा बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरेर कृषितर्फ विभिन्न विधामा उत्कृष्ट भएकामध्ये खाद्यान्न बालीतर्फ बनिनियाँ गाविसका कारी यादव, तरकारी बालीतर्फ बेंगाडाबर गाविसका राजकुमार महतो र फलफूलतर्फ लक्ष्मीनिवास गाविसका सोनाकुमारी महतोलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि दश–दश हजार रुपैयाँ रहेको छ । 

कार्यक्रमका प्रमुख अतिथि धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र स्थानीय विकास अधिकारी सन्तबहादुर सुनारले उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गर्नुभएको थियो । 

त्यसैगरी, जिल्ला कृषि विकास कार्यालय, धनुषाले असोजमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी निबन्ध प्रतियोगिताका विजयीलाई समेत पुरस्कृत गरिएको छ । 

प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका वहुअर्वा माविका धनन्जयकुमार मण्डल, द्वितीय स्थान प्राप्त गरेका ओम आरसिएसका आदित्यराज यादव, तृतीय स्थान प्राप्त गरेका बहुअर्वा माविकै प्रिया झा र सान्त्वना स्थान प्राप्त गरेका ओमआरसिएसका आचल साहलाई क्रमशः रु दुई हजार, एक हजार पाँच सय, एक हजार र आठ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सहायक प्रजिअ लामिछानेले जलवायु परिवर्तनले समग्र कृषिक्षेत्रमा पारिरहेको असरतर्फ किसानलाई सचेत हुन आग्रह गर्नुभएको थियो । कार्यक्रम सिँचाइ महासङ्घका जिल्ला अध्यक्ष कारी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा