१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैंची खेती सम्वन्धी जिल्ला स्तरीय अगुवा कृषक तालिम रोल्पामा सम्पन्न

११ चैत्र २०७३, शुक्रबार ०८:१३

कविता उपाध्याय/चैत ११, रोल्पा ।  जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा अलैंची खेती सम्वन्धी तीन दिने जिल्ला स्तरीय अगुवा कृषक तालिम सम्पन्न भएको छ । 

आइतबारदेखि संचालन भएको तालिम मंगलबार सम्पन्न भएको बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले आज जानकारी दिनुभयो । 

उहाँका अनुसार कृषकहरुलाई अलैंची खेती प्रविधिको बारेमा ज्ञान, सीप हस्तान्तरण गरी ब्यवसायिक रुपमा अलैचीं खेतीतर्फ उन्मुख गर्ने तथा गुणस्तरीय विरुवा उत्पादन गर्नका लागि अलैंची नर्सरी सम्वन्धी ज्ञानदिई कृषकहरुलाई नर्सरी स्थापनामा प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो  । 

तालिममा लिबाङ, कोर्चाबाङ, घर्तीगाउँ, जेलबाङ, जैमाकसला, दुबिडाँडाँ, डुब्रिङ, फगाम, पाङ, ह्वामा, धबाङ, गैरीगाउँ, घोडागाउँ र खुंग्री गाविसका ४ जना महिला तथा १८ जना पुरुष गरी २२ जना कृषकहरुको सहभागिता रहेको थियो । 

श्रेष्ठका अनुसार उदयमान वालिका रुपमा रहेको अलैंची हाल जिल्लामा ७० हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ भने यसवर्ष अलैंची खेतीका लागि ९ हेक्टर क्षेत्र विस्तार हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत अलैंचीको ब्लक र पकेटहरु स्थापना भई थप क्षेत्र विस्तार हुने भएको छ । 

अलैंची प्रमुख मसलावाली एवम् नगदेबाली भएको हुँदा रोल्पाली कृषकहरुको दिनप्रतिदिन यसतर्फ आकर्ष बढ्दै गएको छ । अलैंची कम वजनदार तथा बढी मूल्यवान वाली भएको हुँदा यसको प्रबद्र्धन गरी बढी आम्दानी लिन सकिने कृषकहरुले बताएका छन् । 

अलैंचीको खेती सेपिलो, ओसिला, प्रशस्त चिस्यान खोल्साखोल्सीमागर्न सकिने हुनाले खेर गइरहेको जग्गाको सदुपयोग गरी थप क्षेत्र विस्तार गर्न सकिने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का