२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पामा बाली उपचार शिविर सम्पन्न

२०७३, १३ चैत्र आईतवार ०७:१२

चैत १३, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा बाल उदय मावि माडिचौरमा शनिबार बाली उपचार शिविर सम्पन्न भयो । 

जङ्कोट र कोटगाउँ गाविसका करिब चार दर्जन कृषकको उपस्थिति रहेको शिविरमा गहुँको कालोपोके, आलुको डढुवा र प्याजमा पर्ने धुसीको उपचार विधि सिकाइएको थियो । 

यसैगरी, ५० भन्दा बढी समस्या कृषकहरुबाट अघि सारिएको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा धुसीनाशक र निमजनिया विषादी निःशुल्क वितरण गरिएको थियो । अन्य विभिन्न समस्या समाधानका लागि प्राविधिक सल्लाह सुझाव दिइएको थियो । 

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय रोल्पा तथा केयुबिके कार्यक्रमका प्रविधिज्ञको उपस्थिति रहेको थियो । यसै आवमा कृषकको मागअनुसार जिल्लाका अन्य स्थानमा पनि शिविर सञ्चालन गरिने कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति