२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटमा उत्पादन बढाउन सहुलियतमा बीउ वितरण

१९ चैत्र २०७३, शनिबार ०८:५५

चैत १९, नुवाकोट । मकैको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नुवाकोटका किसानलाई २२ टन भन्दा बढी उन्नत् जातको बीउ वितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय नुवाकोटले वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामा आवद्ध किसानलाई २२ हजार ४५० किलो मकैको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको हो । 

जिल्लाको सुहाउदो हावापानी र उत्पादन वृद्धिमा सफल ठहरिएका अरुण–– २ र रामपुर कम्पोजिट जातको मकैको बीउ सहकारी सस्था मार्फत किसानलाई प्रतिकिलो ८५ रुपैयाँपर्ने मकैलाई २१ रुपैयाँ ५० पैसामा प्रदान गरेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । 

“गुणस्तरीय बीउ भएमा २० प्रतिशत उत्पादन आफंैमा वृद्धि हुन्छ,” वरिष्ठ कृषि विकास अधिकृत डा गैरेले भन्नुभयो– “किसानले परम्परागत रुपमा लगाउँदै आएको बीउको उत्पादन क्षमता ह्रास आउने हँुदा त्यसलाई परिवर्तन गरी नयाँ बीउ भित्र््याउन सहुलियत दरमा बीउ सहयोग गरेका हौ ।” 

सहकारी मार्फत वितरण गरेको मकैको बीउमा अरुण– २ को ७५०० किलो र रामपुर कम्पोजिट १४ हजार ९५० किलो रहेका छन् । 

मकैको बीउसँगै वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत कार्यालयले सहकारी संस्थाको माग अनुसार १२ सहकारीलाई एक÷एक थान हाते ट्र्यक्टरसमेत ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । 

जिल्ला कृषि विकास कार्यालयकाअनुसार जिल्लाको सबै स्थानमा मकैखेती लगाउन उपयुक्त हावापानी छ । यो मौसममा नुवाकोटमा १८ हजार हेक्टर क्षेत्रफलमा मकैखेती लगाउने गरेका छन् । किसान अहिले मकै लगाउन व्यस्त रहेका छन् । मकैखेती बाह्रैमहिना लगाउन सकिने भएपनि यसका लागि उपयुक्त मौसम अहिले रहेको छ । 

नुवाकोटमा एक आर्थिक वर्षमा ५४ हजार मेट्रिक टन मकै उत्पादन हुने गरेकोमा २५ हजार टन बाहिरी जिल्लामा निर्यात हुने गरेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ