२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैँसी पालेरै महिनाको ६५ हजार कमाउछन नुवाकोटका भीमसेन पनेरु

२१ चैत्र २०७३, सोमबार १०:११

चैत २१, नुवाकोट । ककनी गाउँपालिका–६ चौताराका भीमसेन पनेरुले भैँसी पालेर मासिक रु ६५ हजार कमाउनुहुन्छ । गाउँमा काम नपाएपछि ११ वर्षको विदेश बसाइपछि घर फर्केर भैँसीपालन सुरु गर्नुभएका उहाँले दूध बिक्रीबाटै त्यती आम्दानी गर्न सफल हुनुभएको हो । 

“विदेशी भूमिमा गरेको दुःखले गाउँ फर्केर सुरु गरेको भैँसीपालनबाट छोटो समयमै मनग्य आम्दानी गर्न सफल भएको छु”, ३६ वर्षीय युवा किसान पनेरुले भन्नुभयो, “रोजगारका लागि साउदी अरब पुगेर बगाएको पसिना र भोगेको दुःख देख्दा आफ्नै देशमा पसिना बगाए राम्रो कमाउन सकिन्छ भनेर उतै योजना बनाएको थिए, अहिले पाँचवटा भैँसीबाट महिनाको रु ४५ हजार बचत गर्दै आएको छ ।” 

रु एक लाखका दरले पाँच लाखको लगानीमा पाँचवटा भैँसी पाल्नुभएका पनेरुको पिपलबोट पशुपक्षी फार्म सुरु गरेको एक वर्ष भएको छ । दैनिक ४० लिटर दूध बिक्री गरी रु ६५ हजार आम्दानी हुने गरेकामा भँैसीलाई दाना र खाद्यान्नमा खर्च गरेर रु ४५ हजार बचाउँदै आएको उहाँको भनाइ छ । “काम पनि गाह्रो छैन, समय पनि धेरै दिनु पर्दैन”, पनेरुले भन्नुभयो, “परिवारका सदस्यको सहयोगमा खेतीपाती र अरू काम गरेरै पाँचवटा भैँसी पालेर विदेशी भूमिको जति कमाई यहीँ निकालेको छु ।” 

उहाँले पाँचवटा भैँसीको आहाराका लागि आफ्नै दश रोपनी जग्गामा जई र टाँकी घाँस लगाउनुभएको छ । हरियो घाँस खुवाउँदा दाना खरिद गर्नु पनि परेको छैन भने उत्पादन भएको दूधको पनि गुणस्तर राम्रो हँुदा आम्दानीमा हुँदै आएको वृद्धिले पनेरु परिवार उत्साहित छ । 

विदेशी भूमिको चर्को गर्मीमा पूरै दिन गर्ने कामले नेपालमा नै गर्दा विदेशको भन्दा राम्रो कमाई गर्न सक्ने मनोबलका साथ सुरु गरेको भैँसीपालन व्यवसायमा पाएको सफलताले अन्य युवालाई अनुसरण गराउन पनेरु उदाहरणीय व्यक्ति रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले बताउनुभयो । 

“यहाँ जति काम गरे पनि पैसा कमाइँदैन भन्ने भावना भएका व्यक्तिलाई अहिले हामी नमुना किसानका रुपमा चिनाउन थालेका छौँ”, वरिष्ठ पशु विकास अधिकृत भट्टले भन्नुभयो, “कृषिमा होमिने र पशुपक्षी पालनमा लाग्ने युवाको सङ्ख्याले व्यावसायिकता र आधाुनिकताको विकास सुरु भएको छ । पशु सेवा कार्यालयले व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको बीउ, पशुपालन तालिम, प्राविधिक सहयोग, सुधारिएको गोठ निर्माणलगायतमा अनुदान दिँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ