चैत २२, पाल्पा । रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्नुहुन्छ । 

उहाँ अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २२, पाल्पा । रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्नुहुन्छ । 

उहाँ अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरकारी बेचेर मासिक डेढ लाख आम्दानी

२२ चैत्र २०७३, मंगलवार ०८:३०

चैत २२, पाल्पा । रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्नुहुन्छ । 

उहाँ अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल हुनुभएको छ । करिब २५ वर्षसम्म भारतमा काम गरेर फर्कनुभएका भण्डारीले व्यावसायिक रुपमा तरकारीखेती गरेर जिल्लाकै नमुना कृषकका रुपमा चिनिनुहुन्छ । 

“जीवन जिउने आधार नै तरकारी खेती बनेको छ,” उहाँले भन्नुभयो– “यही व्यवसायबाट दाम र नाम मिलेको छ ।” जिल्लामै नमुना व्यावसायिक कृषकका रुपमा पहिचान बनाउन सकेकामा उहाँ खुसी हुनुहुन्छ । 

बाह्र वर्षअघि दुईवटा घिरौँलाको बोटबाट भण्डारीले व्यवसाय सुरु गर्नुभएको हो । अहिले उहाँले सात रोपनी जग्गामा व्यवसाय विस्तार गर्नुभएको छ । मेहनत र जाँगर भयो भने यथेष्ट आम्दानी गर्न कुनै समस्या नहुने भण्डारीको भनाइ छ । 

बेमौसमी तरकारीले बजारमा उचित मूल्य पाएपछि त्यसतर्फ बढी ध्यान दिएको भण्डारी बताउनुहुन्छ । तरकारी व्यवसायबाट दुई छोरीको पढाइ खर्च, विवाह खर्चका लागि आफूलाई कुनै समस्या नपरेको उहाँको भनाइ छ । अहिले उहाँले काँक्रा, लौका, घिरौँला, फर्सी जातका तरकारी लगाउनुभएको छ । यतिबेला उहाँलाई काँक्रा बेच्न भ्याइनभ्याई छ । 

“बेमौसमी उत्पादन भएकाले बजारमा अत्यधिक मात्रामा काँक्रा बिक्री भइरहेको छ,” भण्डारीले भन्नुभयो । आफूमा सीप, जाँगर र मेहनत छ भने घरमै दैनिक दुई÷तीन घन्टा काम गरेर पनि हजारौँ रुपैयाँ कमाउन सकिने उदाहरणीय पात्र बन्नुभएको छ कृषक भण्डारी । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…