२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा एक मुख्य निर्वाचन अधिकृत र ६ निर्वाचन अधिकृत

२३ चैत्र २०७३, बुधबार ०३:२७

ललित बोहरा । चैत्र २३ डडेल्धुरा – निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।  यता डडेल्धुरामा एक मुख्य निर्वाचन अधिकृत र ६ निर्वाचन अधिकृत तोकिएका छन् । जिल्लाका पाँच गाउँपालिकार एक नगरपालिकामा निर्वाचन अधिकृत तोकिएको हो भने एक नगरपालिकामा मुख्य निर्वाचन अधिकृत तोकेको छ ।   जिल्लाको अमरगढी नगरपालिकामा निर्वाचन अधिकृतको रुपमा डडेल्धुरा जिल्ला अदालतका जिल्ला न्यायाधीस देवकुमार गिरीलाई तोकेको छ ।

यस्तै परशुराम नगरपालिकाका लागि महेश भट्टराईलाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले तोकेको छ  भने आलिताल गाउँपालिकामा सुरेन्द्र प्रसाद जोशीलाई निर्वाचन अधिकृतको रुपमा तोकेको छ । 


यसैगरि भोगेश्वर गाउँपालिकामा श्याम श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ  भने नवदुर्गा गाउँपालिकामा शेषकान्त पौडेललाई खटाईएको छ ।  अजयमेरु गाउँपालिकामा सुरेन्द्र प्रसाद सापकोटालाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले खटाएको छ । यस्तै गन्यापधुरा गाउँपालिकाका लागि निर्वाचन अधिकृतको रुपमा टेकराज जोशीलाई नियुक्त गरेको छ ।  आयोगले निर्वाचन अधिकृतलाई वैशाख १२ गतेसम्म आफूलाई खटाएको स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्न भनेको छ ।  यस्तै उता बैतडीमा एक मुख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत तोकिएका छन् । जिल्लाका ६ गाउँपालिका र ३ नगरपालिकामा निर्वाचन अधिकृत तोकिएको हो भने एक नगरपालिकामा मुख्य निर्वाचन अधिकृत तोकेको छ । 

जिल्लाको दशरथचन्द नगरपालिकामा निर्वाचन अधिकृतको रुपमा बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीस धु्रबकुमार शाहलाई तोकेको छ । यस्तै मेलौली नगरपालिकाका लागि डिल्लीराम बास्तोलालाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले तोकेको छ भने पुर्चौडी नगरपालिकामा शम्भुकुमार बस्नेतलाई निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।


यसैगरि पाटन नगरपालिकामा मोहन अधिकारीलाई निर्वाचन अधिकृत तोकेको छ भने सुर्नया गाउँपालिकामा यमप्रसाद बास्कोटालाई खटाईएको छ । सिगास गाउँपालिकामा सरामकुमार थापालाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले खटाएको छ । यस्तै शिवनाथ गाउँपालिकाका लागि निर्वाचनअधिकृतको रुपमा तुल्सीराम गैरे, दोगडाकेदार गाउपालिकामा बासुदेव रिजाल, पञ्चेश्वर गाउपालिकामा यमप्रसाद ढुङ्गाना र डिलाशेनी गाउँपालिकामा विष्णुप्रसाद ज्ञावालीलाई नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ