२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा एक मुख्य निर्वाचन अधिकृत र ६ निर्वाचन अधिकृत

२०७३, २३ चैत्र बुधबार ०३:२७

ललित बोहरा । चैत्र २३ डडेल्धुरा – निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।  यता डडेल्धुरामा एक मुख्य निर्वाचन अधिकृत र ६ निर्वाचन अधिकृत तोकिएका छन् । जिल्लाका पाँच गाउँपालिकार एक नगरपालिकामा निर्वाचन अधिकृत तोकिएको हो भने एक नगरपालिकामा मुख्य निर्वाचन अधिकृत तोकेको छ ।   जिल्लाको अमरगढी नगरपालिकामा निर्वाचन अधिकृतको रुपमा डडेल्धुरा जिल्ला अदालतका जिल्ला न्यायाधीस देवकुमार गिरीलाई तोकेको छ ।

यस्तै परशुराम नगरपालिकाका लागि महेश भट्टराईलाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले तोकेको छ  भने आलिताल गाउँपालिकामा सुरेन्द्र प्रसाद जोशीलाई निर्वाचन अधिकृतको रुपमा तोकेको छ । 


यसैगरि भोगेश्वर गाउँपालिकामा श्याम श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ  भने नवदुर्गा गाउँपालिकामा शेषकान्त पौडेललाई खटाईएको छ ।  अजयमेरु गाउँपालिकामा सुरेन्द्र प्रसाद सापकोटालाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले खटाएको छ । यस्तै गन्यापधुरा गाउँपालिकाका लागि निर्वाचन अधिकृतको रुपमा टेकराज जोशीलाई नियुक्त गरेको छ ।  आयोगले निर्वाचन अधिकृतलाई वैशाख १२ गतेसम्म आफूलाई खटाएको स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्न भनेको छ ।  यस्तै उता बैतडीमा एक मुख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत तोकिएका छन् । जिल्लाका ६ गाउँपालिका र ३ नगरपालिकामा निर्वाचन अधिकृत तोकिएको हो भने एक नगरपालिकामा मुख्य निर्वाचन अधिकृत तोकेको छ । 

जिल्लाको दशरथचन्द नगरपालिकामा निर्वाचन अधिकृतको रुपमा बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीस धु्रबकुमार शाहलाई तोकेको छ । यस्तै मेलौली नगरपालिकाका लागि डिल्लीराम बास्तोलालाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले तोकेको छ भने पुर्चौडी नगरपालिकामा शम्भुकुमार बस्नेतलाई निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।


यसैगरि पाटन नगरपालिकामा मोहन अधिकारीलाई निर्वाचन अधिकृत तोकेको छ भने सुर्नया गाउँपालिकामा यमप्रसाद बास्कोटालाई खटाईएको छ । सिगास गाउँपालिकामा सरामकुमार थापालाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले खटाएको छ । यस्तै शिवनाथ गाउँपालिकाका लागि निर्वाचनअधिकृतको रुपमा तुल्सीराम गैरे, दोगडाकेदार गाउपालिकामा बासुदेव रिजाल, पञ्चेश्वर गाउपालिकामा यमप्रसाद ढुङ्गाना र डिलाशेनी गाउँपालिकामा विष्णुप्रसाद ज्ञावालीलाई नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला