चैत २४, काठमाडौँ । बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी आज नेपाल ल्याइएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २४, काठमाडौँ । बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी आज नेपाल ल्याइएको छ । 

२ माघ २०८२, बिहीबार
काठमाडौँ - KTM

अष्ट्रेलियाबाट उन्नत जातका बाख्रा नेपाल ल्याइयो

२४ चैत्र २०७३, बिहीबार १३:४३


चैत २४, काठमाडौँ । बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी आज नेपाल ल्याइएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी र तीन वटा पाठा रहेको जानकारी दिएको छ । अष्ट्रेलियाबाट नेपाल ल्याउँदा प्रति पाठापाठी रु दुई लाख ५० हजार पर्नेे फर्मका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले बताउनुभयो । 

अष्ट्रेलियाबाट ल्याइएका ती पाठापाठी नेपाल ल्याउँदा रु ५७ लाख ५० हजार खर्च भएको बताइएको छ । नेपाल ल्याएका ती पाठापाठीमा कुनै रोग नलागेको भनी अन्तर्राष्ट्रियस्तरको स्वस्थ्य परीक्षण प्रमाणपत्रसमेत अष्ट्रेलियन सरकारको आधिकारिक भेट्नरियनबाट जारी गरिएको उहाँले जानकारी दिनुभयो । 

व्यावसायिक रुपमा बाख्रापालन गर्नका लागि ती उन्नत जातको बाख्रा नेपाल ल्याइएको हो, अध्यक्ष बस्नेतले भन्नुभयो — ‘यो जातको पाठापाठी जस्तोसुकै हावापानी र मौसममा हुर्कनसक्ने, जुनसुकै जातको घाँसपात खाने, रोक प्रतिरोधात्मक क्षमता बढी हुने, मासुमा बोसोको मात्रा न्यून हुने, राम्रो आहार भएमा एक दिनमा २५० देखि ३०० ग्रामसम्म बढ्ने खालका छन् ।’ 

देशलाई मासुमा आत्मनिर्भर बनाउनका लागि उन्नत नश्ल भएको जातको पाठापाठीको अभाव रहेको र फर्मले निकट भविष्यमा नेपालभर बोयर जातका पाठापाठी उत्पादन गरी कृषकको माग पूरा गर्ने लक्ष्य राखेको अध्यक्ष बस्नेतले बताउनुभयो । 

परम्परागत रुपमा पालिएका स्थानीय बाख्राबाट जन्मेका खसीबोकाको वार्षिक सरदर तौल २५ केजीसम्म हुने तर बोयर जातका पाठापाठी पालन गर्दा एक वर्षमा ६० केजीभन्दा बढी हुने भएकाले यसबाट कृषकले राम्रो लाभ लिनसक्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ । 

स्थानीय जातका बाख्रासँग बोयर जातका बोकाको क्रस विडिङ्ग गरी उत्पादनमा वृद्धि गर्न पनि सकिने बताइएको छ । नेपालमा खसीबोकाको उपलब्धता ज्यादै न्यून रहेको र यहाँ वार्षिक रुपमा करोडौँ रुपैयाँको खसीबोका भारतबाट आयात हुँदै आएको पाइन्छ । 

फर्मले मोरङको डाँगीहाटमा करिब २० बिगाहा जग्गामा नेपालकै सबैभन्दा ठूलो तथा आधुनिक खोर निर्माण गरी बाख्रापालन गर्दै आएका छन् । बाख्रालाई खुवाउनका लागि सो क्षेत्रमा फर्मले उन्नत जातका घाँस उत्पादन गरिएकोे, खमारी, कोइरालो, निमारो लगायतका खेतीसमेत गर्दै आएका छन् ।

कृषि फर्मका कार्यकारी अध्यक्ष रहनुभएका बस्नेत सर्वोच्च अदालतका पूर्वन्यायाधीश, निर्वाचन आयोगका पूर्वआयुक्त तथा बुद्ध एयरका प्रमुखसमेत हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ