2026-10-18 08:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तेह्रथुममा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन तरकारी खेती तालिम

प्रकाश धौलाकोटी | बैशाख १०, तेह्रथुम | जिल्ला युवा समितिको कार्यालयले युवाहरुलाई स्वदेशमै रोजगार र आत्मनिर्भर बनाउन तरकारी खेती प्रविधि सम्बन्धी तालिम प्रदान गरेको छ ।

म्याङलुङ्ग नगरपालिका–९ स्थित हलिमेलामा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन तीन महिने मौषमी तथा बेमौषमी तरकारी खेती प्रविधि सम्बन्धी तालिम सुरु गरिएको जिल्ला युवा समितिका अध्यक्ष नवीन खतिवडाले बताए । 

सहभागी युवाहरुलाई तालिम अवधिभर नर्सरी ब्यवस्थापन, विऊ विजनको तयारी, रोग तथा किरा नियन्त्रण, तरकारीको बजारीकरण लगायतका विषयमा सिकाइनेछ । १६ देखि ४० बर्ष सम्मका ३५ बढी स्थानीय युवाहरु सहभागी तालिमको सहजीकरण लालीगुराँस बहुप्राविधिक शिक्षालयले गरेको छ । तालिम पछि सहभागी युवाहरुलाई व्यवसायिक तरकारी खेती गर्न प्रोत्साहन मिल्ने आशा गरिएको छ । तालिममा खेती प्रविधिसँगै उद्यमशिलता विकास तालिम समेत दिइनेछ ।

तालिमको समुद्घाटनमा स्थानीय विकास अधिकारी तुलसीनाथ गौतम, सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरे, वरिष्ठ कृषि बिकास अधिकृत रोहिणीराज घिमिरे, जिल्ला शिक्षा अधिकारी कृष्ण प्रसाद पोख्रेल,  हलिमेला कृषि सहकारी सस्थाका अध्यक्ष बमवहादुर लिम्वु लगायतले तालिमपछि तरकारी खेतीलाई व्यवसायिक बनाउन सुझाव दिए । 

युवाहरुलाई स्वरोजगार बनाउन जिल्ला युवा समितिले विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ । युवाहरुको क्षमता विकास तथा स्वरोजगारकालागि युवा समितिले विभिन्न तालिम, सेमिनार र छलफल गराउने अध्यक्ष खतिवडाले बताए । 

समितिले युवाहरुमध्ये उत्कृष्ट उद्यमीहरु छनौट गरी पुरस्कृत गर्ने, उद्यमीहरुको विकास तथा लगानीमा सहयोग गर्ने, युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने लगायत कामहरु गरिरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु