१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा राजबहादुर गुरुङलाई सर्वसम्वत

११ बैशाख २०७४, सोमबार १५:१७


बैशाख ११, पोखरा  | बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस लुम्ले गाउँ कार्यसमिति कास्कीले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा राजबहादुर गुरुङलाई सर्वसम्वत रुपमा सिफारिस गरेको छ ।

लुम्ले गाउँ कार्यसमितीका उपसभापति हरिमान गुरुङको अध्यक्षतामा बसेको वैठकले कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका राजबहादुर गुरुङलाई अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको हो । गुरुङ यसअघि नेपाली कांग्रेसको केन्द्रिय प्रचार विभाग सदस्य समेत रहेका थिए ।

यसै गरी वैठकले अन्नपूर्ण गाउँपालिका वडा नम्वर ७ को अध्यक्षमा हरिमान गुरुङ र प्रेममान गुरुङ, दलित महिला सदस्यमा संगिता परियार, अन्य सदस्यहरुमा माया गुरुङ, धनबहादुर वि. क. र कमसर गुरुङको नाम सिफारीस गरि क्षेत्रिय समितिमा पठाउने निर्णय गरेको छ ।

विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट अगाडि बढिरहेका राजबहादुर गुरुङ नेपाल प्रेस युनियन मा ०५१ सालदेखि हाल सम्म निरन्तर महाधिवेशन प्रतिनिधि तथा ट्रेड युनियनमा आवद्द रहि काम गरेका छन् । सबैसँग सन्तुलन मिलाउन सक्ने मध्यमार्गी विचार बोकेका उनले यस क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, विद्युतिकरण, भौतिक पुर्वाधार निर्माणमा उल्लेखनिय योगदान दिंदै आएका छन् ।

नेविसंघ, तरुण दलमा आवद्द रहि काम गरिसकेका गुरुङले जनआन्दोलनमा जनअधिकारका लागि पार्टीको प्रचार सचिव रहि काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली सूर्य बनाउँदै अमेरिका सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि… अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक?