१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

घरकै छतमा यसरी फल्छ तरकारी: ब्यवसायी भन्छन्- तरकारी नकिनेकै ३ बर्ष भयो

४ जेष्ठ २०७४, बिहीबार १०:०७

तेज बन | जेठ ४, इटहरी । मनमा उमंग, जोस र हातमा सिप छ भने गरे के हुन्न भन्ने गतिलाे उदाहरण बनिनुभएकाे छ साविक इटहरी १ का ब्यवसायी गाेपिरमण दहाल । उहाँ उमेरले मात्रै ५ दशक कटिसक्नुभएकाे छ तर मनमा जाेस र जागर भने तन्नेरी अवस्थाका युवाहरू भन्दा कम देखिदैनन । ब्यवसायबाट समाजमा ख्याती कमाइसक्नुभएका दहालले बिगत ४ बर्षदेखि अाफ्नै घरकाे छतमा तरकारी र फलफुल खेती गरी  समाजमा उदहारण प्रस्तुत गरिरहनुभएकाे छ । हातमा सिप र पाैरख गर्नेलार्इ कुनै उमेरले छेक्दैन भन्ने गतिलाे उदहारण बनिनुभएकाे छ इटहरी निवासी  गाेपिरमण दहाल ! यति मात्र नभइ भुर्इ खेत नभएका सहरियाहहरूकालागि समेत कसरी छतमा तरकारी तथा फलफुल लगाउने  र उत्पादन गरेर बजार सम्म पूर्याउने बिधिबारे  ज्ञानका कुराहरू बाडदै हिडनुहुन्छ दहाल ।

 इटहरीकाे मुख्य चाैकदेखी करिब ३०० मिटर पश्चिमस्थित अमृता किराना स्टाेर लेखिएकाे तिनतले घरकाे छतमा गएर अवलाेकन गर्नेहरू जाे काेहिलेपनि त्यहा लगाइएकाे करेसावारीकाे खुलेरै प्रसंसा गरेकाे पाइन्छ । झ्याम्म परेको बोटमा लटरम्म फलेका कागती, लरक्क परेका लहरामा फलेका लौका र फर्सी भान्सामा चाहिने धेरै प्रकारका सब्जी त्यहाँ प्रत्यक्ष फलिरहेको देख्न पाइन्छ । अमृता किराना पसलका सञ्चालक समेत रहेका दहाल फुर्शदकाे बेला छतमा लगाएकाे त्यही करेसाबारीमा भेटिन्छन । त्यहा देख्दा उनि कहिले घरेलु अाैजार बाेकेर केही खाेतलिरहेका हुन्छन भने कहिले पानि हाल्दै गरिरहेका भेटिन्छन ।

त्याे संगै उनमा भएकाे जाेस जागर र उत्साह करेसाबारीमा झल्किएकाे देख्न पाइन्छ । किराना पसल गर्दागर्दै  बचेकाे समयलार्इ सदुपयाेग गर्दै केहि गराै भन्ने मनसायले छतमा तरकारी संगै फलफुल लगाउन थालेकाे र बिस्तारै सफलता पाउन थालेकाे ब्यवसायी दहाल बताउनुहुन्छ । करिब ७ धुर (१२७५ ) स्क्वायर फिट क्षेत्रफलमा लगाइएकाे तरकारी तथा फलफुल खेतीले उहाकाे दिनचर्या समेत बदलिएकाे देख्न पाइन्छ । छतमै तरकारी खेति गरेदेखि करिब ३ बर्ष भयाे बजारबाट किन्नुपरेकाे छैन पाैरखी दहाल भन्नुहुन्छ । छतमै फलाइउकाे तरकारीहरू मध्ये एउटा करेला अाधा किलाे सम्म्काे उथत्पादन हुने गरेकाे र फलफुलमा अम्बा ८ सय ग्राम सम्म उत्पादन हुने गरेकाे उहाँ थप्नुहुन्छ ।निकट  भविष्यमा छतमा ब्यस्थित तरिकाले ग्रिन हाउस सहित तरकारी खेति काे सुरूवात गरिने पनि दहाल बताउनुहुन्छ । 

सामान्यतय सिमेन्टकाे छतमा तरकारी खेती गर्दा माटाे संगै गमला अादीकाे अावस्यक पर्छ तर उहाले माछाका ५० बढी किरेटमा माटाे हालेर शुद्ध अर्गानीक तरकारीहरू उत्पादन गर्दै अाइरहनुभएकाे छ । यसाे गर्दा एक त कम लगानी , समयकाे बचत र स्वास्थ्यमा समेत सकरात्मक उर्जा उत्पन्न हुने पाैरखी दहाल बताउनुहुन्छ । श्रीमती छोरावुहारी र नातिनीहरू सहित ७ जनाकाे परिवार रहेकाे उहाकाे भान्सामा पुग्ने तरकारी  छतमै उत्पादन हुने गरेकाे छ । यता ५ दशक कटिसकेका अाफ्ना बाबाकाे जाेस र उत्साह देखेर घरका परिवारहरू समेत दंग परेका छन । पसलमा बस्दाबस्दै एकाएक माटाे बाेकेर छतमा फिजाएकाे देख्दा एकछिन त श्रीमती कलादेखी दहालपनि तिन छक्क परेकाे बताउनुहुन्छ तर बिस्तारै यस्ताे हुन्छ भनेर अाफुले एकमनमा पनि नसाेचेकाे श्रीमती कमला थप्नुहुन्छ ।

उहापनि अाफ्नाे श्रीमानकाे जाेस र उत्साह देखेर छक्क पर्नुहुन्छ । पाकाे उमेरमा त्यतिकै घरमै बसिरहनुभन्दा केही गरेकाे राम्राे भन्दै  छतमै तरकारी खेती सुरू गरेकाे  र अहिले यहाँ उत्पादन भएका तरकारीहरू घरकाे भान्सामा पुग्नुकाे साथै छरछिमेकमा समेत किनबेच हुनेगरेकाे पाैरखी गाेपीरमण दहाल बताउनुहुन्छ । बजारको विषादीयुक्त सब्जीले रोग बढाउनुको साटो भुइँ करेसाबारी नभएका सहरिया बासिन्दाका लागि दहालकाे छतमा लगाइएकाे करेसावाली नमुना बनेकाे छ । कती छिमेकीहरूले त उहाकै करेसाबारी हेरेर र उहासंगै ज्ञान लिएर छतमै तरकारी लगाउन थालिसकेकाे दहाल बताउनुहुन्छ । दहालले लगाउनुभएकाे तरकारी वालीमा लाैका , फर्सी , साग , करेला , घिराैला , काक्रा , कागती , स्टबरी , लगायत उत्पादन हुदै अाएका छन भने फलफुलमा अनारस , अम्बा , लगायत उत्पादन हुदै अाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल