जेठ ८, रामपुर (पाल्पा) | जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ८, रामपुर (पाल्पा) | जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकार"/>
१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाल्पाका किसानलाई निशुल्क मोबाइल फोन वितरण

८ जेष्ठ २०७४, सोमबार ०५:२२

जेठ ८, रामपुर (पाल्पा) | जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । 

कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन एकाइले मोबाइल फोन वितरण गरेको हो । 

कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि सिमकार्डसहित मोबाइल फोन वितरण गरिएको गरिएको हो । 

किसानलाई जानकारीमूलक उत्पादनका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक कृषि एप्ससहितको मोबाइल फोनसँगै मोबाइल रेनगेज, तापक्रम नाप्ने थर्मोमिटर वितरण गरिएको छ । 

मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्न उत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथालगायतका कुरा मोबाइलबाटै थाहा पाउने छन् । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले किसानले सूचना प्रविधिलाई प्रयोग गरेर व्यावसायिक कृषि प्रणालीमा अगाडि बढाउन सहज हुने बताउनुभयो । 

कृषि सूचना सम्प्रेषणका लागि मोबाइल फोन पाएपछि यहाँका किसान निकै उत्साहित भएको रामपुरका अगुवा कृषक सूर्यप्रसाद रेग्मी बताउनुभयो । रासस  

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल