कृष्ण खनाल/जेठ १७, बुटवल । मौसम अनुकल भएपछि रुपन्देही लगायत यस आसपासका किसानहरुले धानको विउ राख्ने चटारो सुरु भएको छ । 

जिल्ला कृषि विकास कार्यालय  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल/जेठ १७, बुटवल । मौसम अनुकल भएपछि रुपन्देही लगायत यस आसपासका किसानहरुले धानको विउ राख्ने चटारो सुरु भएको छ । 

जिल्ला कृषि विकास कार्यालय  "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देहीमा धानको ब्याड राख्न शुरु

१८ जेष्ठ २०७४, बिहीबार ११:४०


कृष्ण खनाल/जेठ १७, बुटवल । मौसम अनुकल भएपछि रुपन्देही लगायत यस आसपासका किसानहरुले धानको विउ राख्ने चटारो सुरु भएको छ । 

जिल्ला कृषि विकास कार्यालय  रुपन्देहीका अनुसार  किसानहरुले अनुदान धानको विउ लैजाने काम धमाधाम चलिरहेको छ । अन्य नीजी विउ भण्डार केन्द्र तथा एग्रोभेटहरु भन्दा ४० प्रतिशत अनुदानमा किसानलाई जिल्ला कृषि विकास कार्यालयले धानको विउ उपलब्ध गराउदै आएको छ । 

केन्द्रीय कार्याक्रम अनुसार रुपन्देहीको लागि २ सय  ७० मेट्रिक टन धानको विउ अनुदानको लागि आएको थियो । सोही अनुरुपा अहिले किसानहरुले धानको विउ लैजाने क्रम जारी रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् । उनका अनुसार ४० प्रतिशत अनुदानमा किसानलाई धानको विउ वितरण गरिएको  छ । 

केही दिन देखि रुपन्देही लगायतका जिल्लाहरुमा बर्षा भएको कारण किसानहरुले विउ राख्ने सुरसार गरेका हुन भने अझै आतिसक्नुपर्ने अवस्था भने नभएको  कृषि प्राविधिहरु बताउँछन् । खासगरी २१ दिन को धानको विउ रोप्दा उपयुक्त  हुन्छ , त्यो भन्दा ढिलो गरी धानको विउ रोप्दा विउ नजाग्नुको साथै रोग किराको समेत अक्रमण बढि हुन्छ  । त्यसकारण कृषि प्राविधिकहरुले अहिले  सिंचाईको सुविधा भएको स्थानमा धानको विउ राख्ने सुरसार गर्नु राम्रो हो , तर अझै  पनि आत्तिसक्नुपर्ने अवस्था छैन । रुपन्देहीमा किसानहरुले असार महिनाको सुरुवाती देखि साउन महिनाको अन्त्य सम्म धान रोप्दै आएका छन् । 

सिमिति क्षेत्रफलमा धान खेती गरी बढि भन्दा बढि उत्पादन गर्नुपर्ने बाध्यता किसानहरु संग रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । अव धान खेतीको उत्पादन बृद्धिका लागि आधुनिकखेती प्रणाली अबलम्बन  गर्नुको साथै जग्गा चाक्लाबन्दी गरेर खेती गर्नुको विकल्प नभएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् । 

उनी भन्छन्–‘अव धान खेतीको उत्पादन वृद्धिको लागि सामुहिक खेती प्रणाली अबलम्बन गर्नु र जग्गालाई चाक्लाबन्दी गरी आधुनिक मेसिन तथा उपकरण प्रयोग गर्नुको विकल्प छैन ।’ 

जिल्ला कृषि विकास  कार्यालय रुपन्देहीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२/०७३ मा   आर्थिक बर्ष अघिल्लो बर्षको भन्दा कम कुल ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती  भएको छ । जसबाट कुल ३ लाख २० हजार १ सय ६० मेट्रिक टन धान उत्पादन भएको छ । जुन तथ्यांक अघिल्लो आर्थिक बर्षको भन्दा  उत्पादनमा  ९.१७ प्रतिशत र क्षेत्रफलकामा कुल १.२८ प्रतिशत कमी हो । 

रुपन्देहीमा ६९ हजार हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये १० हेक्टर क्षेत्रफलमा मात्र बाह्रै महिना सिंचाई सुविधा पुगेको बताइन्छ । कार्यालयले हर्दिनाथ– १, रामधान, सुख्खाधान ३, सुख्खाधान ६, नामका उन्नत बीउ अनुदानमा वितरण गरेको हो ।

कृषि तथा वालि विज्ञान अनुसन्धान केन्द्रबाट  सिफारिस गरिएका  राधा –४ , सा“वा मनसुनी, साबित्री, राधा –१७, सर्जु –५२, सर्जु–३९, लगाएतका धान जिल्लाको हावापानी तथा माटो सुहाउदो भएको  कृषी कार्यालयले  जनाएको छ । हाईब्रेड जातमा  गोरखनाथ र मयुर तथा भारतसंग सिमाना जोडीएका गाविसहरुमा भारतीय विभिन्न  हाइब्रेड जातका धानका विउ समेत रोप्ने गरेको पाइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का