असार २८, कपिलवस्तु । आकाशे पानी पर्न थालेपछी कपिलवस्तुमा २० प्रतिशत धान रोपाइँ भएको छ । 

सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २८, कपिलवस्तु । आकाशे पानी पर्न थालेपछी कपिलवस्तुमा २० प्रतिशत धान रोपाइँ भएको छ । 

सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा २० प्रतिशत धान रोपाइँ

२८ असार २०७४, बुधबार ०९:३६


असार २८, कपिलवस्तु । आकाशे पानी पर्न थालेपछी कपिलवस्तुमा २० प्रतिशत धान रोपाइँ भएको छ । 

सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पानी परेको क्षेत्रमा धमाधम धान रोपाइँ भैरहेको कृषि कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुको दक्षिणभेगका तौहिलहवा, निग्लीहवा, जहदी, गोटिहवा, विजगौरी, धनकौली लगायतका ठाउँमा रोपाइँ भैरहेको कृषि कार्यालयका प्रमुख राकेशकुमार ओझाले जानकारी दिनुभयो । यस्तै जिल्लाको बनगाई, जितप्र, गजेहडा, लगाएतका स्थानमा पनि यतिबेला धामाधम रोपाई भैरहेको छ । करिव एक सातादेखी परेको पानीले आकशे पानीको भरमा धान रोप्ने किसानहरु धान रोपाईमा ब्यस्त भएका हुन् ।

कपिलवस्तुमा धान खेती हुने कुल ७२ हजार हेक्टर जग्गा मध्ये अहिलेसम्म २० प्रतिशत जग्गामा धान रोपाइँ भएको प्रमुख ओझाले बताउनु भयो । पर्याप्त पानी नपर्दा र धानको विउ ढिलो छरेका कारण जिल्लाको परिश्चमी क्षेत्रका धेरै क्षेत्रमा भने निकै कम जग्गामा धान रोपाइँ भएको छ । 

मानो रोपी मुरी उब्जाउने समय अषार भएकाले यतिबेला अधिकांश किसानहरु खेतमा ब्यस्त छन् । अहिले समयमै पानी परेका कारण धान रोपेर सकियो गजेहडाका कृषक माया केसीले भन्नु भयो । 

वाणगंगामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन सञ्चालन भएकाले पनि किसानलाई सिंचाईमा केहि सहज भएको कार्यलयका प्रमुख राकेश कुमार ओझाले बताउनु भयो । दिपा महतको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य