डीबी विष्ट/असार ३१, बझाङ । सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् । 

केदारस्युँ गाँउप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डीबी विष्ट/असार ३१, बझाङ । सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् । 

केदारस्युँ गाँउप"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सामुदायिक बनबाट जम्मा गरेको पैसाले बाख्रा पालन

२०७४, ३१ असार शनिबार ०३:०६


डीबी विष्ट/असार ३१, बझाङ । सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् । 

केदारस्युँ गाँउपालीका ४ सैसुका केही ब्यक्तीहरुले बाख्रा पालन गरी रहेको स्थानीयले बताएका छन् । विगत केही बर्ष अघि बन जंगल फडानी गर्ने गरेका यहाँका स्थानीयहरु अहीले केदार स्युँ गाउपालीका ४ मा रहेको भु गाँउ पिपलधार सामुदयिक बन बाट फाईदा लिई रहेको सामुदयिक बनका अध्यक्ष कुमेन्द्र बहादुर मल्लले बताउनु भयो । 

समीतीको बैठेक बसेर सामुदायिक बन जोगाउन अहिले पनी पहल भई रहेको उहाको भनाई छ । 

४/५ बर्ष अघि देखी यहाँका स्थानीय बासिन्दा जती बेला मन लाग्यो त्यती बेला घाँस दाउरा र जंगल समेत जथाभावि फडानी गर्थे स्थानीय ज्ञाना देवि भण्डारीले भन्नु भयो । अहीले दाउरा घाँस काट्न गए पनि समीती बाट एक भारीको एक सय रुपैयाको रसिद काट्नु पर्छ । यो रकम गाँउमा दुख विरामी परेका ब्यक्तीहरुलाई ऋणका रुपमा लगानी गरेका छौ । समीतीमा अहीले झण्डै दुई लाख भन्दा बढी आम्दानी भएको छ । 

यही रकम बाट यहाँका झण्डै १० जना भन्दा बढीले बाख्रा समेत खरीद गरेको स्थानीय कलसा भण्डारीले बताउनु भयो । समीती बाट नै ऋण निकालेर दुई बाख्रा आफुले पनी खरीद गरेको र गाँउका अन्य ब्यक्तीहरुले पनी बाख खरिद गरी पालेको उहााको भनाई छ ।

तत्कालीन बाँझ गाविसका सबै स्थानीयहरुले जंगल फडानी र छाडा पशु चौपाया छोड्ने गरेका थिए । समीतीको बैठेक बसी सामुदायीक बनको सिमाना पुर्वमा सिउचुला, पश्चिममा खोलमारा धार, उत्तरमा काईराली खोला र दक्षिणमा सैस्यु गाँउ सम्म बन्द गरे पछि सामुदायिक बन हराभरा हुन थालेको छ । समीतीको निर्णय विपरीत कनै ब्यक्तीले गएको खण्डमा तथा दाउरा घाँस पशुचौपाय छोडेको खण्डमा ५० रुपैया देखी दुइ सय सम्म जरीवाना तोकीएको माल देवि मल्लले बताउनु भयो । 

झण्डै ८० परिवार बसोबास गर्ने यस गाँउका सबै स्थानीयहरु अहीले सामुदायिक बन संरक्षण गर्न लागी परेका छन् । यस जंगलमा अहीले बन कुखुरा, कालीज, मृग, चाखुरा सुगा, लगायतका चरा चुरुङ्गी फेला पर्दछन् भने सल्ला, सानन, धान्ने, भट्टु लगायतका बोट विरुवाहरु रहेका छन् । 

दुई बर्ष पहीले अपरिचीत ब्यक्तीले सामुदायिक बनमा आगो लगाएका कारण स साना बोट विरुवाहरु मरेका कारण समस्या सृजना भएको स्थानीयहरुले बताएका छन् । 

वृक्षा रोपणका लागी अब आफुहरु लाग्ने र जिल्ला बन कार्यालयले पनी सहयोग गर्नु पर्ने स्थानीयले बताएका छन् । यता जिल्ला बन कार्यालयले पनी जंगल संरक्षण गर्नका लागी र हराभरा बन बनाउनका लागी जिल्ला बन कार्यालयमा भएको बाट विरुवाहरु उपलब्ध गराउने । रेन्जर  हेम कुमार पाठक  बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला