९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुनसरीका नौजना किसान पुरस्कृत

२० श्रावण २०७४, शुक्रबार ०४:२३

साउन २०, इनरुवा । सुनसरी जिल्लाका नौजना किसान पुरस्कृत भएका छन् । जिल्लामा उत्कृष्ट रुपमा पशुपालन गरेको र घाँसको बीउ उत्कृष्ट उत्पादन गरेको भन्दै नौजना किसानलाई पुरस्कृत गरिएको हो । 

जिल्ला पशुसेवा कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा बिहीबार एक कार्यक्रमको आयोजना गरेर किसानलाई पुरस्कृत गरेको कार्यालयका रामप्रसाद मेहताले जानकारी दिनुभयो । 

कार्यालयले गाईपालनतर्फ मातृभूमि एग्रिकल्चर एण्ड फार्मिङका बिष्णुकुमार सुनुवार, भैँसीपालनतर्फ शुभप्रभात पशुपालन कृषि फार्म बराह नगरपालिका–८ का खड्गबहादुर बिष्ट, बाख्रापालनतर्फ बी एण्ड बी एग्रिकल्चर, रामधुनी नगरपालिका–४ का जगबहादुर राउत, बँगुरपालनतर्फ भवानी बँगुर फार्म इटहरी–१९ का बमबहादुर गिरीलाई पुरस्कृत गरिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो । 

त्यसैगरी, टर्की पालनतर्फ दुर्लभ पोल्ट्री फार्म, बराह नगरपालिका–१० का अर्जुन अधिकारी, बहुभाषिक घाँस उत्पादनतर्फ ठूले मोहर कृषि फार्म, रामधुनी नगरपालिका–८ का कोपिला कार्की, हिउँदे घाँस उत्पादनतर्फ कुशवाहा खाद्यबिज भण्डार तथा मिलन गौ फार्मलाई, कन्ट्याक्ट फार्मिङतर्फ इनरुवा–२ का नरेश मेहता र हिउदे घाँसतर्फ पशुपालन तथा घाँस उत्पादन समूह इनरुवा–२ लाई पुरस्कृत गरेको कार्यालय प्रमुख महतोले जानकारी दिनुभयो । 

पुरस्कृत भएका सबै किसानलाई नगद रु दश हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको आयोजकले जनाएका छन् । पुरस्कृत भएकालाई कार्यक्रमका प्रमुख अतिथि तथा सांसद सीताराम मेहता, इनरुवा नगरपालिका प्रमुख राजन मेहता लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो