साउन २८, प्यूठान । कृषि उत्पादनमा आधुनिक प्रबिधी सहित उत्पादन बृद्धि गरी जिल्लालाइ आत्मनिर्भर बनाउने उदे्श्यका साथ भित्रिएको कृषि कार्यक्रम अन्र्तगत जिल्ला कृषि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, प्यूठान । कृषि उत्पादनमा आधुनिक प्रबिधी सहित उत्पादन बृद्धि गरी जिल्लालाइ आत्मनिर्भर बनाउने उदे्श्यका साथ भित्रिएको कृषि कार्यक्रम अन्र्तगत जिल्ला कृषि "/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्युठानका किसानलाई अनुदानमा ५४ वटा हाते ट्रयाक्टर हस्तान्तरण

२८ श्रावण २०७४, शनिबार १४:२२

साउन २८, प्यूठान । कृषि उत्पादनमा आधुनिक प्रबिधी सहित उत्पादन बृद्धि गरी जिल्लालाइ आत्मनिर्भर बनाउने उदे्श्यका साथ भित्रिएको कृषि कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यालय प्युठानले अनुदानमा कृषकलाई ५४ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । 

उक्त ट्याक्टरहरु कुनै ८० प्रतिशतमा र अधिकांश भने ५० प्रतिशत अनुदानमा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय जनाएको छ ।

कार्यालयले आ.व. ०७३ अन्तिम समयमा करिब ८० लाखको अनुदानमा वितरण गरेको हो । 

कृषि प्रसारबाट ६ वटा हाते ट्रयाक्टर, २ वटा रोटाभेटर, ३ वटा हाते पङखा, ८ वटा पावर टिरल, ११ वटा मिनि टिलर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ११ वटा साना ट्रयाक्टर, ३ वटा ठुला ट्रयाक्टर र खाद्य सुरक्षाबाट १० वटा पे्रसर ट्रयाक्टर सहित जम्मा ५४ वटा ट्रयाक्टर उपलब्ध गराएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत अमर बहादुर विष्टले जानकारी दिए ।

प्यूठानका बरिष्ठ कृषि विकास अधिकृत मधुसुधन घिमिरेले भने –‘खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्रयाक्टरको माग पनि उच्च रहेको छ ।’ यसैबीच विभिन्न संस्था र समूहका कृषकलाई ५० प्रतिशत अनुदानमा ६० क्वीन्टल धानको बीउ र ४० क्वीन्टल मकैको बीउ उपलब्ध गराएको अधिकृत घिमिरेले बताए ।

हाल प्युठानमा ६ हजार ५ सय २५ हेक्टरमा धान खेती हुँदै आएको छ । माडी बेल्टलाई मकै उत्पादनको पकेट क्षेत्र घोषणा समेत गरिएको छ । उक्त क्षेत्रका कृषकहरुले यसै वर्ष देखि आधुनिक प्रविधि अपानाएर मकै खेती र धान खेतीमा लागेका छन् । राधिका भुसाल/स्वर्गद्वारी अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु