४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

११ असार २०८२, बुधबार ११:४९

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउखेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा पछिल्लो समय उपल्लो मुस्ताङमा किसानले स्याउखेती सुरु गरेका छन् ।

जलवायु परिवर्तनको असरले समुद्री सतहको करिब तीन हजार मिटरसम्मको उचाइमा गरिएको स्याउखेती अहिले उपल्लो मुस्ताङको समुद्री सतहको चार हजार मिटरको उचाइसम्म नै स्याउखेती हुन थालेको छ । तल्लो मुस्ताङमा हुने शीतोष्ण फलफूलमध्येको स्याउखेती उपल्लो मुस्ताङमा सप्रिन थालेपछि त्यहाँका किसान उत्साहित भएका छन् । अहिले त्यहाँ स्याउखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

यहाँका किसानलाई स्याउखेतीतर्फ आकर्षित गर्दै स्याउ हबका रूपमा विकास गर्ने योजनासहित लोमान्थाङ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेर स्याउको बिरुवा खरिद गर्ने किसानलाई अनुदान दिनेगरी बजेट विनियोजन गरेको अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । लोमान्थाङ गाउँपालिका १६औँ गाउँसभाको पालिकाले कृषि प्रणालीको बृहत्तर विकास गर्नेगरी स्याउखेती विस्तार गर्ने रणनीति लिएको उहाँले बताउनुभयो ।

“हामीले नीति तथा कार्यक्रम र बजेटमै स्याउका बिरुवा खरिदमा किसानलाई अनुदान दिने घोषणा गरेका छौँ, किसानलाई स्याउका प्रति बिरुवामा कति अनुदान दिने भन्ने कार्यपालिकाले निर्णय गर्नेछ, यस सम्बन्धमा बजेटमै समावेश गरी किसानका माग सम्बोधन गर्ने प्रयासमा छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

अध्यक्ष गुरुङका अनसार लोमान्थाङले किसानले उत्पादन गरेको कृषि उपज सहज बजारीकण गर्न सहजीकरण गर्ने नीति लिएको छ । यहाँका किसानलाई उत्पादनमा आधारित आलु, फापरलगायतका उत्पादनलाई गाउँपालिकाले निश्चित मापदण्ड राखेर बढी उत्पादन गर्ने किसानलाई अनुदान दिएर प्रोत्साहन गराइने छ ।

आगामी आवदेखि गाउँपालिकाभित्रका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्ने र त्यसो हुन नसकेमा किसानको उत्पादन गाउँपालिकाले खरिद गरी बजारमा लगेर बिक्री गर्ने व्यवस्था मिलाउने अध्यक्ष गुरुङको भनाइ छ । यसका लागि तत्काल प्रारम्भिक चरणमा रु १० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । लोमान्थाङ गाउँपालिकाले आगामी आवका लागि रु ३२ करोड ६० लाख बराबरको बजेट खाका तयार गरेको छ । जसमा चालुतर्फ रु ११ करोड ७४ लाख र पुँजीगततर्फ रु २० करोड ८५ लाख बजेट विनियोजन गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’