2026-10-18 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैँची, अदुवा, चिया र दुग्ध उत्पादनका समाचार प्राथमिकतामा

प्रकाश धौलाकोटी/भदौ २१, तेह्रथुम । तेह्रथुमका सन्चारकर्मीहरुले कृषि क्षेत्रसँग सम्बन्धित सवाल र गतिविधिहरु लाई प्राथमिकताका साथ समाचारको विषय वस्तु बनाउने प्रतिवद्धता जनाएका छन् । 

जिल्लाका स्थानीय तथा राष्ट्रिय सञ्चार गृहमा कार्यरत पत्रकारहरुले मंगलबार सदरमुकाम म्याङलुङ्गमा मंगलबार आयोजित एक कार्यक्रममा कृषि क्षेत्र र त्यसमा पनि मुख्यतः अलैँची, अदुवा, दुध र चियासँग सम्बन्धित सवालहरु समाचारको विषय वस्तु बनाउने बताए । 

जिल्लाको मुख्य उत्पादनको रुपमा रहेको अलैँची, फष्टाउँदै गरेको अदुवा र चिया खेती तथा किसानको दैनिकीसँग जोडिएको दुध र दुग्धजन्य बस्तुको गुणस्तरीय उत्पादन, बजारीकरण र प्रवर्धनका लागि पत्रकारहरुले खोज तथा विश्लेषणात्मक समाचार संकलन र सम्प्रेषण गर्ने बताए । 

कार्यक्रममा सहभागी सन्चारकर्मीले जिल्लाको अर्थतन्त्रमा महत्वपुर्ण हिस्सा राख्ने यी उत्पादनको गुणस्तरीय उत्पादन र बजारीकरणमा ध्यान दिए समृद्धिका आधार बन्न सक्ने बारे छलफल गरे । कार्यक्रममा अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले खोज तथा विश्लेषणात्मक पत्रकारिताकाबारेमा अनुशिक्षण गर्नुभयो । 

खोज पत्रकारिताको महत्व, खोज गर्ने विषयबस्तुको पहिचान, खोज गर्ने तरिका, समाचार संकलन, लेखन लगायत विषयमा कार्यक्रममा छलफल भएको थियो । पत्रकार झाले सहभागी सन्चारकर्मीलाई कृषिजन्य बस्तुहरु नै यहाँको पहिचान भएको बताउँदै ती नै बस्तुहरुको प्रवद्र्धन गरेर जिल्लाको पहिचान बनाउन भूमिका निर्वाह गर्न सुझाउनुभयो । 

उहाँले अलैँची, अदुवा, चिया र दुधको उत्पादनको अवस्था, समस्या, किसानका कुरा, मजदुरका कुरा, ती बस्तुको खेती, उत्पादन गर्ने किसानको अवस्था, बजारीकरणका समस्या, राज्यले गरिरहेको वेवास्ता लगायतका बारेका समाचारहरु नआउनु दुःखद भएको बताउनुभयो । 

उहाँले जिल्लाका सन्चार माध्यमलाई त्यस्ता बस्तुहरुको प्रवद्र्धन गरेर जिल्लाकै पहिचानको रुपमा स्थापित गर्न समेत भन्नुभयो । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा उन्नति परियोजना अन्तर्गत समृद्ध तेह्रथुमका लागि अभियान नामक संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना सहित जिल्लाका ४० जना बढी सन्चारकर्मीहरु सहभागी थिए । 

सो संस्थाले जिल्लामा रेडियो तेह्रथुम ९२.४ मेघाहर्ज समेत सन्चालन गर्दै आएको छ । आइएलओको सहयोगमा सन्चालित उन्नति परियोजनाले तेह्रथुमसहित पुर्वका सात जिल्लामा अलैँची, अदुवा, चिया र दुधका क्षेत्रमा काम गरिरहेको छ । 

जिल्लामा अलैँची, अदुवा, चिया र दुग्ध उत्पादनसँग सम्बन्धित सवालहरुको बहस र पैरवी गर्दै समाधानको बाटो खोज्न काम गरिरहेको समृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम संयोजक लक्ष्मीनारायण मिश्रले बताउनुभयो । कार्यक्रम समृद्धि तेह्रथुमका लागि अभियानका अध्यक्ष महेन्द्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु