२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाल्पामा बाँदरले अन्नबाली सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

२३ भाद्र २०७४, शुक्रबार ०९:१७

भदौ २३, पाल्पा । बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् । 

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । 

वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको होे । बाँदरलाई पहिले बन्दुकले हानेर मार्ने गरेपनि पनि अहिले मार्न पाइँदैन, प्रशस्त कुकुर पनि नभएकाले बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन् । 

वर्षभरि खाने अन्नबाली नष्ट गरेपछि राहतका लागि निवेदन बोकेर गाउँपालिकाको कार्यालयमा आएको छहराकी रमा खत्रीले बताउनुभयो । पहिला अन्नबाली क्षति कम गरे पनि अहिले ठूलो मात्रामा बाँदर बारीमा पसेर क्षति धेरै गरेको खत्रीको भनाइ छ । 

मेहनत गरेर फलाएको मकै पाक्न लाग्दा बाँदरले क्षति गरेपछि किसानलाई रुनु न हाँस्नु भएको छ । 

स्थानीय बासिन्दा सीता खत्रीका भएका दुवै बारीका पाटामा मकै छैन, वर्षभरि खाने मकै बारीबाट नै सखाप भएपछि राहतका गाउँपालिकामा धाएको बताउनुभयो । मेहनत खेर गएको र नोक्सान ब्यहोर्नु परेकामा सम्बद्ध किसानको दुखेसो छ । 

मकै, सिमी, बोडीलगायतका अन्नबाली बाँदरले नष्ट गरेपछि किसान यतिबेला थप समस्यामा छन् । अब के खाने हो भन्दै किसान रनभुल्लमा छन् । पहाडी जिल्ला पाल्पामा धानभन्दा मकैबाली राम्रो उत्पादन हुने भए पनि बाँदरले क्षति गर्दा किसानले पाकेको बाली स्याहार्न पाएका छैनन् । 

बाँदरले अन्नबाली सखाप पा¥यो भनेर रैनादेवी छहरा गाउँपालिकामा राहतका लागि पाँच सातवटा निवेदन दैनिकजसो आएका छन् । 

स्थानीय बासिन्दा तथा किसान गणेश न्यौपानेका अनुसार मकै मात्र होइन, तरकारी, सुन्तलालगायतका वस्तु पनि बाँदरले खाने र नष्ट गर्न थालेपछि यो गाउँपालिकामा सयौँभन्दा बढी घरपरिवार समस्यामा परेका हुन् । बाँदरको क्षतिबाट किसानलाई ठूलो मर्का परे पनि राहत वितरणको कार्यक्रम गाउँपालिकामा छैन । 

उक्त गाउँपालिका प्रमुख रामबहादुर कार्कीले बाँदरले मकै सखाप पा¥यो भनी राहतका लागि निवेदन परेकाले किसानलाई परेको समस्या सम्बोधन गर्न कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…