१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

खिजीदेम्बामा गठबन्धन बलियो : नेता न्यौपाने

११ कार्तिक २०७४, शनिबार ०७:३५

शेरसाङ्गे शेर्पा, ११,  खिजीदेम्बा । ओखलढुंगाको खिजीदेम्बामा एमाले र माओवादी केन्द्रको गठबन्धन बलियो रहेको एमाले नेता कमल न्यौपानेले दावी गरेका छन् । खिजीदेम्बा ४ कातीचर्नालुमा एमाले र माओवादीका स्थानीय नेताहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटि सदस्य समेत रहेका न्यौपानेले यस्तो दावी गरेका हुन् । ‘खिजीदेम्बामा गठबन्धन बलियो छ र हामी प्रतिको नागरिको विश्वास पनि बढ्दो छ’ न्यौपानले भने‘संधै कांग्रेसका नेताहरु माननिय भईरहँदा यो क्षेत्रमा विकास त भएन भएन नेता समेत फर्केर आएनन् तर यज्ञराजले चुनाव चितेपछि त्यसलाई असत्य सावित गरिदिए यो हामीले भन्नु पर्दैन सबै जनतालाई थाहा छ ।’ खिजीमा इलाका प्रशासन र मालपोत स्थापना, देम्बा महोत्सव आयोजना लगायतका काम यज्ञराजको पहलमा भएका हुन् । 


क्षेत्र विकास कोषको बजेट र उनको पहलमा जुटेको अन्य सहयोग र स्थानीयको सकृयतामा अहिले खिजीदेम्बाको सबै वडाहरुमा सडक पुगेको र अझै धेरै काम गर्न बाँकी भएकाले आगामी निर्वाचनमा एमालेका उमेद्वार यज्ञराज सुनुवारलाई जनताले मत दिएर जिताउने न्यौपानेले विश्वास व्यक्त गरे । उनले वृद्धा आश्रम बनाउने भन्दा वृद्धभत्ता दिने पार्टी र नेतालाई जनताले भोट दिने भन्दै एमाले नेता अम्बिरबाबु गुरुगंकाे जित निश्चित रहेकाे दावी गरे ।  








कार्यक्रममा एमाले पालिका कमिटि संयोजक कोप बहादुर सुनुवारले गठबन्धनका उमेद्वारहरु  विजयी हुने दावी गर्नुभयो । वडा वडामा छलफल र अन्तरक्रिया गरेर एमालेले गरेका कामहरुबारे जानकारी गराउने काम भईरहेको भन्दै भने ‘मिठो चुनावी नारा लगाएर एमालेको विरोध गर्न विपक्षीलाई भ्याई नभ्याईछ,हाम्रो जति विरोध गर्न खोजेपनि जनताले पत्याउने छैनन्’ मातहतका सबै कमिटिलाई चुनावी प्रचारमा लाग्न संयोजक सुनुवारले निर्देशन समेत दिए । 

गठनबन्धनका अर्का नेता खुद बहादुर खत्रीले ओखलढुंगामा गठबन्धनका तीनैजना उमेद्वार विजयीहुने दावी गरे । संबिधान निर्माण देखि गाउँ गाउँमा सडक निर्माण सम्ममा गठबन्धनका नेताहरुले खेलेको भूमिका देखेर जनताले मत दिने उनको भनाई थियो । गठबन्धनले खिजीकातीमा चुनावी प्रचार समिति समेत बनाएको छ । 


असार १४ मा  सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको भएपनि एमाले र माओवादीका अध्यक्षले ल्याएको मतको तुलनामा कांग्रेस पछाडि छ । २०७० सालको संबिधिान सभाको निर्वाचानमा पनि साविकको इलाका नं.६ बाट कांग्रेसका बालकृष्ण दाहालको भन्दा एमालेका यज्ञराज सुनुवारले बढि मत ल्याएका थिए । खिजीक्षेत्रलाई कांग्रेसले आफ्नो गढ मान्ने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड