१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णालीका बहुमुल्य जडिबुटी लोप हुने अवस्थामा

१६ कार्तिक २०७४, बिहीबार १४:५२

कात्तिक १६, कालिकोट । कर्णालीमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा लोप हुने अवस्थामा पुगेको छ । 

यार्सागुम्बा पाइने हुम्ला, जुम्ला, मुगु र जुम्लाका पाटनहरुमा बर्सेनी हुने संकलन हुन थालेपछि यार्सागुम्बाजस्तै बहुमुल्य जडिबुटीहरु लोप हुने अवस्थामा पुगेका हुन् । यहाँका पाटनमा पाइने यस्ता बहुमुल्य जडिबुटीले स्थानीयको जीवनस्तर उकासिए पनि संरक्षण हुन नसक्दा जडीबुटीको मूल क्षेत्र पाटनहरुमा बहुमुल्य जडिबुडी लोप हुन थालेका छन् । 

स्थानीयका लागि आम्दानीको प्रमुख स्रोत भए पनि बर्सेनी दोहनका कारणले जडीबुटी लोप हुन लागेका हुन् । कर्णालीमा पाइने धेरै प्रजातिका जडीबुटीमध्ये यार्सा प्रमुख जडीबुटी हो । तर बर्सेनी पाटनमा यार्सा दोहोन गर्दै जाँदा अघिल्लो वर्षको तुलनामा कम पाउन थालेको यार्सा संकलकहरूको अनुभव छ । कर्णालीका उच्च हिमाली भेगका रिमार, कोइकी, हाङदाङ खोला, छापाखोला, दोल्फु पाटन, टाके लगायतका पाटन क्षेत्रमा यार्सा कम पाइन थालेको विगत ११ वर्षदेखि यार्सा संकलन गर्दै आएका डोल्पा त्रिपुरा सुन्दरी गाउँपालिका म्याम्बो लामाले बताए । 

‘सुरुका बर्षमा पाटन यार्सा धेरै पाइने गरेको थियो’ उनले भने, ‘बर्सेनी दोहनले पाटनमा यार्सा पाउन कठिन भएको छ ।’ त्यस्तै चिराइतो, कटुकी, पाँचऔंले आदि जडीबटी भदौ–असोजमा संंकलन गरिन्छ । कर्णालीका हिमाली भेगका वन र पाटनमा पाइने यस्ता जडीबुटी टिपेर बर्सेनी कमाइ गर्ने तर संरक्षणमा ध्यान नदिँदा केही वर्षमै सो भेगबाट अमूल्य जडीबुटीहरू लोप हुने खतरा रहेको जुम्लाका स्थानीय नरबहादुर बुढाले बताए । 

‘कर्णालीका उत्तरी भेगको जडिबुडी यहाँका स्थानीयको आयआर्जनको प्रमुख स्रोत हो’ उनले भने, ‘रोजगारीमा नगई जडीबुटीबाट मात्र एक घरधुरीले वर्षमा न्यूनत ३ लाखभन्दा बढी कमाइ गर्ने गरेका छन्’ उनले भने, ‘व्यवस्थित रूपमा जडीबुटी संकलन नहुँदा बर्सेनी जडीबुटी उत्पादन घटेको हो ।’

जिल्ला वन कार्यालय हुम्लाका अनुसार जडीबुटी टिप्ने यामभन्दा अगाडि नै संकलन पुर्जी दिँदा स्थानीयहरूले हतारमै टिपेर बेचबिखन गर्ने चलन बढेकाले वनमा जडीबुटी कम हुन थालेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट