सास । कार्तिक २५, बर्दिया ।

एउटा साँघुरो सभाहल, अटसमटस सहभागीहरुका साथ आयोजकहरु आ–आफ्नै तौर तरीकाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै थिए । कसैले उद्घाटन कार्यक्रम गर्दै थिए भने कसैले लोकार्पण, कसैले सहकारीको वार्षिक सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । कार्तिक २५, बर्दिया ।

एउटा साँघुरो सभाहल, अटसमटस सहभागीहरुका साथ आयोजकहरु आ–आफ्नै तौर तरीकाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै थिए । कसैले उद्घाटन कार्यक्रम गर्दै थिए भने कसैले लोकार्पण, कसैले सहकारीको वार्षिक सा"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

एउटै हलमा आधा दर्जन कार्यक्रम

२५ कार्तिक २०७४, शनिबार १३:१४

सास । कार्तिक २५, बर्दिया ।

एउटा साँघुरो सभाहल, अटसमटस सहभागीहरुका साथ आयोजकहरु आ–आफ्नै तौर तरीकाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै थिए । कसैले उद्घाटन कार्यक्रम गर्दै थिए भने कसैले लोकार्पण, कसैले सहकारीको वार्षिक साधारण सभा गर्दै थिए भने कसैले श्रद्धाञ्जली कार्यक्रम गर्दै थिए । कसरी संभव भयो होला त यसरी एउटै हलमा यति धेरै प्रकृतिका कार्यक्रम ?


उपरोक्त दृश्य साँच्चिकै कार्यक्रम नभएर बढैयाताल गाउँपालिका अन्तर्गत रहेको कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना, रोटा तथा रिड नेपालको आर्थिक सहयोगमा महिला सशक्तीकरणका लागि आयोजित पाँच दिने उद्घोषण तालिमको समापनपूर्व गरिएको अभ्यास कार्यक्रम हो । 


कार्तिक २१ गतेदेखि शुरु गरिएको तालिममा तीन दर्जन महिलाहरुको सहभागीता रहेको थियो । समापन कार्यक्रममा बोल्नुहुँदै बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दीपा गौतम सिकाइको अन्त्य नहुने भएकोले यत्ति तालिममा मात्रै सिमित हुन नुहने र आफ्नो नेतृत्व आफैले लिएर कुनै पनि संघसंस्थाहरुमा आत्मबल जागृत गर्दै आफैले नेतृत्व लिनु पर्नेमा जोड दिनुभयो । ‘यो तालिमबाट एकसे एक महिला दिदीबहिनीहरु सबल र सक्षम हुनुभएकोले अब कुनै पनि क्षेत्रमा यहाँहरुको सक्रिय सहभागीता रहने छ’, उपाध्यक्ष गौतमले बताउनुभयो । 


पुस्तकालयका अध्यक्ष दिल्ली प्रसाद गौतमले पुस्तकालयले आयोजना गरेका हालसम्मका कार्यक्रमहरुमध्ये नै उत्कृष्ट भएको र सबै सहभागीहरुको उत्साहजनक सहभागीता रहेकोले आगामी दिनमा फेरि पनि यस्तै तालिमको आयोजना गरिने बताउनुहुँदै प्रशिक्षकहरुलाई धन्यवाद दिनुभयो । ‘कार्यक्रमबाट बढैयाताल गाउँपालिकाको नेतृत्व लिन सक्ने महिला नेतृहरु तपाईंहरु नै हुनु पर्छ भन्नुहुँदै अब हरेक कार्यक्रममा यहाँहरु नै उद्घोषक बन्नु पर्छ’, वहाँले भन्नुभयो ।

कार्यक्रममा प्रशिक्षक वालकृष्ण वलीले तालिमले सहभागीहरुमा आत्मविश्वास बढेकोले यत्तिमै सिमित नरहेर आगामी दिनमा निखार्दै लैजानका लागि शुभकामना दिनुभयो । 

समापन कार्यक्रम कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र महिला विभाग प्रमुख तथा संयोजक लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

 

तालिमको सहजीकरण सञ्चारकर्मीद्वय वालकृष्ण वली र प्रभात सुवेदीले गर्नुभएको थियो ।  

   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट