२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाको चुनाव : कुन नेताले कहाँबाट मतदान गरे ?

१० मंसिर २०७४, आईतवार ०६:१८

पूर्णप्रसाद न्यौपाने,ओखलढुंगा । ओखलढुंगामा शान्तिपूर्ण रुपमा मतदान जारी छ । संघिय प्रतिनिधि सभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा बिहान ७ बजेदेखि नै मतदाताले निकै उत्साहका साथ मतदान गरिरहेका छन् । संघीय संरचना अनुसार पहिलोपटक भएको चुनावमा जिल्ला स्थित विभिन्न दल र स्वतन्त्र उमेद्वारहरुले शुरुमै आफुलाई भोट हालेका छन् । उमेद्वारहरुले भोट खलाल्ने सबै मतदान केन्द्रमा उमेद्वारलाई नै पहिलो मत खसाल्न दिईएको छ । 


एमाले केन्द्रिय सदस्य तथा बामगठबन्धका संघिय प्रतिनिधि सभा सदस्य उमेद्वार यज्ञराज सुनुवारले मोलुुङ गाउँपालिका ५ स्थित शिवदुती मावि ख मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका संघिय प्रतिनिधि सभा सदस्य उमेद्वार रामहरि खतिवडाले मानेभञ्ज्याङ गाउँपालिका ६ थाक्ले स्थित जनता मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । 

यसैगरी गठबन्धनका प्रदेश सभा क तर्फका उमेद्वार अम्बिर बाबु गुरुङले सिद्धिचरण नगरपालिका ५ स्थित रुम्जाटार मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । गठबन्धनका प्रदेश सभा ख का उमेद्वार मोहन खड्का हिमशिखरले लिखु गाउँपालिका २ सिँहदेवी स्थित हुलाक चौर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेसका प्रदेश सभा क का उमेद्वार मित्रसेन दाहालले मोलुङ गाउँपालिका स्थित बरुणेश्वर मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । कांग्रेसका प्रदेश सभा ख का उमेद्वार प्रदिप सुनुवारले भने आफुलाई मतदान गर्न पाएनन् । उनि क्षेत्र क का मतदाता भएपनि क्षेत्र ख बाट उमेद्वार बनेका छन् ।

त्यस्तै प्रदेश सभा ख का स्वतन्त्र उमेद्वार ज्ञानेन्द्र रुम्दालीले मानेभञ्ज्याङ गाउँपालिका मोली स्थित कालिका मावि ख मतदान केन्द्र मार्फत मतदान गरेका छन् । संघिय समाजवादी फोरमका प्रदेशसभा क का उमेद्वार नेत्र बहादुर नेम्बाङले सिद्धिचरण नगरपालिका १२ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

ओखलढुंगामा नेपाली कांग्रेस र वाम गठबन्धनसँगै नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, मंगोल नेश्नल अर्गनाइजेशन लगायत ९ दलका २१ र स्वतन्त्र १ सहित २२ जना चुनावी प्रतिस्पर्धामा छन् । ओखलढुंगामा आज १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य