२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा च्याउखेती तालिम सम्पन्न

२०७४, २२ पुष शनिबार १५:०२

पुस २२, कालिकोट । ग्रामीण क्षेत्रका महिलाहरुलाई उद्यमी बनाउन आयोजित पाँच दिने व्यवसायिक च्याउ खेती सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ । 

ग्रामीण पुर्ननिर्माण संस्था (आरआरएन) द्धारा सञ्चालित सामुदायिक बिकास कार्यक्रम (सिडिपी परियोजना)को सहयोग तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा नरहरीनाथ गाउँपालिका, शान्नित्रिवेणी गाउँपालिका र तिलागुफा नगरपालिकाका २५ जना महिलाहरु सहभागी थिए ।


तालिम समापन कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय प्रमूख सुनिलकुमार सिंहले पाँच दिनसम्म लिईएको तालिम व्यवहारमा कार्यान्वयन गर्न सके महिलाहरुको आयआर्जनमा सुधार हुने बताए । 

उनले तालिम लिने मात्र नभई अब जिल्लाको लागि उत्पादन दिनुपर्ने बताए । कार्यक्रममा ग्रामीण पुर्नर्निमाण संस्थाका कार्यक्रम संयोजक लिला न्यौपानेले विगतमा गरिएका अनुभवहरुलाई बताउँदै तालिममा सहभागी महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

उनले आफुहरुले ग्रामीण क्षेत्रका नागरिक सचेतना केन्द्रका महिलाहरुलाई प्रति व्यक्ति एक लाख रुपैयाँ सहयोग समेत गरिएकाृ भन्दै उक्त रकमको सदुपयोग गर्न आग्रह गरे । 

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत भक्तिराम शर्मा, कृषि प्रसार अधिकृत मनोजकुमार सिंह, ग्रामीण पुर्ननिर्माण संस्थाका आयआर्जन तथा सुशासन अधिकृत राजेशप्रकाश ऐरी, पत्रकार, नागरिक समाज लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते