२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भारतबाट फूल आयात गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता

२०७४, ४ माघ बिहीबार ०५:५३

अजितकुमार झा/ माघ ४, सुनसरी |  सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहुदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती गर्न नसक्दा नेपाली अझै पनि भारतीय फूलको भर पर्नु परेको छ । 

बिहेबारी गर्ने बेला, कसैलाई सम्मान तथा सत्कार गर्नुपर्ने होस् या घर सजाउनका लागि फूल आवश्यक पर्दछ । विभिन्न समयमा फूल आवश्यक हुन थालेपछि खरिद गर्ने उपभोक्तासमेत बढ्दै गएका छन् । तर फूलको माग बढे पनि फूल व्यवसायको प्रवद्र्धन गर्न नसक्दा फूलको कारोबारमा नेपाल भारतनिर्भर हुनुपरेको छ । 


सुनसरीको धरानमा यस वर्ष पनि फूल प्रवद्र्धनका लागि दोस्रो पुष्प मेलाको आयोजना गरिएको छ । गत पुस २७ गतेदेखि शुरु भएको मेलामा दैनिक जसो रु पाँच लाखभन्दा बढीको कारोबार हुने गरेको छ । तर स्थानीय उत्पादन हुन नसक्दा भारतबाट फूल ल्याएर बिक्री–वितरण गर्नुपर्ने बाध्यता रहेको इलामका फूल व्यवसायी मनोज गोलेको भनाइ छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्याङ्कअनुसार प्रत्येक वर्ष ५० प्रतिशतभन्दा बढी फूल तथा शत्प्रतिशत फूलका बीउ बिजन भारतबाट आयात हुने गरेका छन् । भारतबाट ल्याइएका फूलको बिक्रीले व्यवसायीलाई फाइदा भएपनि उपभोक्ता भने मारमा परेको धरानका फूल व्यवसायी राजेशकुमार राईले बताउनुभयो । 

फूल व्यवसायलाई कृषि उत्पादनसँग जोड्न सके स्थानीय स्तरमा उत्पादन भएका फूल भारतलगायत अन्य देशमा निर्यात गर्न सकिने सम्भावना छ । तर राज्यले फूल उत्पादन तथा व्यवसायमा प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्न आवश्यक रहेको प्mलोरिकल्चर एसोसिएसन नेपालका सुनसरी सचिव प्रेम पराजुलीले बताउनुभयो । 

नेपालको कूल आम्दानीमा ० दशमलव ०५ प्रतिशत योगदान गर्दै आएको फूल व्यवसायलाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनलाई अन्य मुलुकमा निर्यात हुने गरी उत्पादन बढाउन आवश्यक छ । नत्र आफ्नै ठाउँमा उत्पादन हुने फूल अन्य मुलुकबाट ल्याउनु पर्दा मुलुकको आर्थिक वृद्धि नहुनेमा कुनै दुई मत देखिँदैन । त्यसैले यस विषयमा सरोकारवाला निकायले सोच्नुपर्ने बेला आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते