२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अपराधीलाई कानूनी दायरामा ल्याउँछु: प्रहरी अतिरिक्त महानिरीक्षक नेपाल

२०७४, ५ माघ शुक्रबार ०७:०३

माघ ५,बाजुरा | प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभएको छ । 

त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन गर्दै नेपालले शान्तिपूर्ण वातावरणमा रहेको समाजलाई बिगार्ने र विभिन्न अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभयो । 

अहिलेको प्रदेश मुकामको विषयलाई लिएर बन्द हडतालन गर्नु उपयुक्त नभएको उहाँको भनाइ थियो । “आन्दोलन गर्नु नै अपराध बढाउनु हो,” उहाँले भन्नुभयो । नेपालले जिल्लाको सुरक्षाका लागि जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिनुभयो । 

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्तिकोष तथा प्रहरी क्षेत्रीय भवन कार्यालयको रु ५० लाख २१ हजार लागतमा सो भवन ठेक्का प्रक्रियाबाट निर्माण गरिएको हो । 

जग्गादातालाई सम्मान 

बडीमालिका प्रहरी चौकी निर्माणका लागि निःशुल्क जग्गा सहयोग गर्ने जग्गादातालाई जिप्रका बाजुराले सम्मान गरेको छ । त्रिवेणी नगरपालिका–९ का १० जना जग्गादातालाई सम्मान गरिएको हो । 

सम्मानित हुनेमा त्रिवेणी नगरपालिका–९ का राजेन्द्र खत्री, मन्धिरे खत्री, डम्बर खत्री, बिर्ख खत्री, अमरसिं खत्री, नन्द खत्री, रामबहादुर थापा, दल थापा, धनराज खत्री र चेतराज पाध्याय रहेका छन् । उनीहरुले प्रहरी चौकीका लागि करिब पाँच रोपनी जग्गा निःशुल्क दान गरेका हुन् । 

यस्तै, भवन निर्माणमा सहयोग गर्ने बडीमालिका मन्दिरका पुजारी नेत्रप्रसाद पाध्याय, पार्वती माविका प्राचार्य कर्ण थापा, साइमल दमाईं र कल्धरी साउदलाई प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । यसैगरी, एसइई परीक्षामा उत्कृष्ट अंंक ल्याउने सुस्मिता थापालाई पुरस्कृत गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला