१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाँझो जमिनमा जिल्लाकै नमुना खेती

१५ माघ २०७४, सोमबार १०:४०

माघ १५, पाँचथर | वैदेशिक रोजगारीबाट फर्किएका याङ्वरक–६ नागीका युवाले जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेका छन् । 

नागीका जगत राई, वीरेन्द्र काफ्ले, प्रेम सिग्देल र नवराज उप्रेतीले खेर गएको बाँझो १२० रोपनी जमिन दुई वर्ष भाडामा लिएर तरकारी खेती थालेका हुन् । 

माग बढ्दै गएपछि तथा पर्याप्त आम्दानी हुने देखेपछि तरकारी खेती गर्न थालेको प्रेम सिग्देलले बताउनुभयो । कुम्भकर्ण कृषक समूह नागीको स्वामित्वमा १० वर्ष बाँझै रहेको सो जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्न थालेको उहाँले बताउनुभयो । 

खेतीका लागि सिँचाइ र यातायातको पहुँच भएको सो जग्गामा व्यावसायिक तरकारी खेती गरेर आफ्नै खेर गएको जमिनमा केही गरेमा विदेश गएको भन्दा मनग्य आम्दानी गर्न सकिने सन्देशसमेत दिने उद्देश्यले सामूहिक खेतीको शुरुवात् गरिएको नवराज उप्रेतीले बताउनुभयो । रु १० लाखको लागतमा शुरु गरिएको सो सामूहिक तरकारी खेती सम्भवतः जिल्लाकै पहिलो नमूना समेत हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार