२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाँझो जमिनमा जिल्लाकै नमुना खेती

२०७४, १५ माघ सोमबार १०:४०

माघ १५, पाँचथर | वैदेशिक रोजगारीबाट फर्किएका याङ्वरक–६ नागीका युवाले जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेका छन् । 

नागीका जगत राई, वीरेन्द्र काफ्ले, प्रेम सिग्देल र नवराज उप्रेतीले खेर गएको बाँझो १२० रोपनी जमिन दुई वर्ष भाडामा लिएर तरकारी खेती थालेका हुन् । 

माग बढ्दै गएपछि तथा पर्याप्त आम्दानी हुने देखेपछि तरकारी खेती गर्न थालेको प्रेम सिग्देलले बताउनुभयो । कुम्भकर्ण कृषक समूह नागीको स्वामित्वमा १० वर्ष बाँझै रहेको सो जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्न थालेको उहाँले बताउनुभयो । 

खेतीका लागि सिँचाइ र यातायातको पहुँच भएको सो जग्गामा व्यावसायिक तरकारी खेती गरेर आफ्नै खेर गएको जमिनमा केही गरेमा विदेश गएको भन्दा मनग्य आम्दानी गर्न सकिने सन्देशसमेत दिने उद्देश्यले सामूहिक खेतीको शुरुवात् गरिएको नवराज उप्रेतीले बताउनुभयो । रु १० लाखको लागतमा शुरु गरिएको सो सामूहिक तरकारी खेती सम्भवतः जिल्लाकै पहिलो नमूना समेत हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा