२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आलुको बीउमा गुणस्तर नुहँदा उत्पादनमा गिरावट

२०७४, १९ माघ शुक्रबार ०९:३६

माघ १९, ललितपुर |नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ उत्पादक समूह र किसानलाई भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताउनुभयो । बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउको अभाव हुने गरेको छ । 

दोस्रो वा तेस्रो पुस्ताको बीउ नै किसानले लगाउने गरेका उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बीउको चक्र पूरा नगर्दा आलु उत्पादनमा असर नगरेपनि किसानलाई आलुको बीउको अभाव हुन्छ ।” 

चक्र पूरा हुन नपाउँदा किसानलाई आलुको बीउको अभाव हुने र किसानले गुणस्तर नभएको बीउ रोप्ने गरेका छन् । उहाँ भन्नुहुन्छ, “राम्रो बीउ नपाएपछि किसानले टुसा आएको देखेपछि जस्तोलाई पनि बीउ मानेर रोप्छन्, गुणस्तरिय बीउ नुहँदा त्यसबाट किसानले पर्याप्त आम्दानी लिन सक्दैनन् ।” 

नार्कले तन्तु प्रजनन विधिबाट उत्पादन गरेको पहिलो पुस्ता (प्रजनन) बीउ जिल्ला कृषि विकास कार्यालय र बीउ उत्पादक समूह हुँदै किसानसम्म पुग्छ । बीउ उत्पादक समूहले दोस्रो र तेस्रो बीउ लगाएर चांथो बीउ किसानलाई दिनुपर्छ । समूहले चक्र पूरा नगरी दिने र किसानले पनि रोप्ने गरेका छन् । 

नार्कले बर्सेनि पाँच सय दाना प्रजनन बीउ उत्पादन गर्छ । पाँच सय दानाबाट सामान्यतया दोस्रो पुस्तामा ७५ किलो, तेस्रो पुस्तामा ७५० किलो हुँदै चांथो पुस्तामा सात हजार ५०० बीउ उत्पादन हुन्छ । एउटा दाना आलुको बीउबाट १० वटा फल्ने अनुमान गरेर देशभरका किसानलाई पुग्ने गरेर नार्कले आलुको बीउ उत्पादन गर्दैआएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते