२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आलुको बीउमा गुणस्तर नुहँदा उत्पादनमा गिरावट

१९ माघ २०७४, शुक्रबार ०९:३६

माघ १९, ललितपुर |नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ उत्पादक समूह र किसानलाई भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताउनुभयो । बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउको अभाव हुने गरेको छ । 

दोस्रो वा तेस्रो पुस्ताको बीउ नै किसानले लगाउने गरेका उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बीउको चक्र पूरा नगर्दा आलु उत्पादनमा असर नगरेपनि किसानलाई आलुको बीउको अभाव हुन्छ ।” 

चक्र पूरा हुन नपाउँदा किसानलाई आलुको बीउको अभाव हुने र किसानले गुणस्तर नभएको बीउ रोप्ने गरेका छन् । उहाँ भन्नुहुन्छ, “राम्रो बीउ नपाएपछि किसानले टुसा आएको देखेपछि जस्तोलाई पनि बीउ मानेर रोप्छन्, गुणस्तरिय बीउ नुहँदा त्यसबाट किसानले पर्याप्त आम्दानी लिन सक्दैनन् ।” 

नार्कले तन्तु प्रजनन विधिबाट उत्पादन गरेको पहिलो पुस्ता (प्रजनन) बीउ जिल्ला कृषि विकास कार्यालय र बीउ उत्पादक समूह हुँदै किसानसम्म पुग्छ । बीउ उत्पादक समूहले दोस्रो र तेस्रो बीउ लगाएर चांथो बीउ किसानलाई दिनुपर्छ । समूहले चक्र पूरा नगरी दिने र किसानले पनि रोप्ने गरेका छन् । 

नार्कले बर्सेनि पाँच सय दाना प्रजनन बीउ उत्पादन गर्छ । पाँच सय दानाबाट सामान्यतया दोस्रो पुस्तामा ७५ किलो, तेस्रो पुस्तामा ७५० किलो हुँदै चांथो पुस्तामा सात हजार ५०० बीउ उत्पादन हुन्छ । एउटा दाना आलुको बीउबाट १० वटा फल्ने अनुमान गरेर देशभरका किसानलाई पुग्ने गरेर नार्कले आलुको बीउ उत्पादन गर्दैआएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य