२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जडीबुटी संकलनबाट व्यावसायिक बन्दै किसान

२८ माघ २०७४, आईतवार ०८:२६

माघ २८, ललितपुर | हिमाली र उच्च पहाडी जिल्लावासीले जडीबुटी संरक्षणसँगै त्यसबाट मनग्य आम्दानी लिन थालेका छन् । 

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत १० जिल्लाका किसानले जडीबुटीलाई आर्थिक उपार्जनको माध्यम बनाउन थालेका हु्न् । 

चिराइतो, अल्लो जटामसीलगायत जडीबुटीको संकलन भइरहेको उल्लेख गर्दै परियोजनाका निर्देशक विजयकान्त झा भन्नुहुन्छ, “अहिले जंगलमा कुहिएर खेर जाने जडीबुटीबाट त्यहाँका किसानले राम्रो आम्दानी थालेका छन् ।” 

परियोजनाले नेपालगञ्ज, भैरहवालगायतका स्थानमा यस्ता जडीबुटी प्रशोधनका लागि उपकरण किन्न चाहने उद्योगलाई अनुदान सहयोग गरेको र संकलन भएका जडीबुटी यिनै उद्योगबाट प्रशोधन हुँदै आएको छ । 

स्थानीयवासीलाई संकलनसँगै संरक्षणसमेत सिकाइएको परियोजना निर्देशक झा बताउनुहुन्छ । सामुदायिक जंगलमा जडीबुटीको संकलन र संरक्षण भइरहेको हो । उहाँ भन्नुहुन्छ, “हामीले भविष्यसम्म त्यसबाट फाइदा लिइरहन पनि संरक्षणका कार्यक्रम सँगसँगै लगेका छौँ ।” यी जिल्लामा ८७ वटा सहायक परियोजनामार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् । 

कृषि उत्पादन कम हुने र आम्दानीका हिसाबले कमजोर रहेका स्थानका किसानलाई व्यावसायिक बनाउनका लागि परियोजना सञ्चालनमा ल्याइएको र ती स्थानमा उत्पादित जडिबुटी केन्द्रित सहायक परियोजना सञ्चालित छ । 

परियोजनाले सहायक परियोजनामार्फत त्यहाँ सम्भावना भएको क्षेत्रमा अनुदान सहयोग गरिरहेको छ । कुषि विकास कार्यालय र पशुसेवा कार्यालयमार्फत सञ्चालन भइरहेको यो परियोजनाको अवधि आगामी असारसम्म रहने त्यसपछि कार्यक्रम स्थानीय निकायमा हस्तान्तरण गर्ने योजना छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य