२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको दाहामा सामुहिक स्याउ खेती सुरु

२०७४, १० फाल्गुन बिहीबार १५:५४

फागुन १०, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ को दाँहामा ३ लाख ६० हजार वर्गमिटरमा सामुहिक स्याउ खेती सुरु गरिएको छ । नगरपालिकाको ६ नम्बर वडा कार्यालयको पहलमा स्याउ खेती सुरु गरिएको हो । स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको खाँडाचक्रमा व्यवसायिक सामूहिक स्याउ खेतीको थालनी गरिएको बताईएको छ ।

सामूहिक स्याउ खेतीबाट वडाका सबै घरधुरीलाई रोजगारी दिने उद्देश्यले व्यवसायिक खेती सुरु गरिएको वडा अध्यक्ष जगदिश शाहीले बताए । केही समय अगाडिसम्म निश्चित घरधुरीले २ र ३ बोट स्याउ लगाएका थिए’, उनले भने, ‘अब वडाको पहलमा नै सामुहिक स्याउ खेतीको सुरुवात गरिएको छ ।’ व्यवसायिक स्याउ खेतीका लागि नगरपालिकाले ५० हजार बोट स्याउ, ओखर प्रदान गरेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए ।

उनका अनुसार ‘उत्तर र दक्षिण दुवैतिर मोटर बाटो निर्माण कार्य धमाधम भइरहेकोले स्याउ खेतीमा किसानहरू आकर्षित हुन थालेको छन् । स्याउ लगाएर यसकोे सामूहिक व्यवसायिक खेती सुुरु गरेको र यसबाट नै वडालाई समृद्ध बनाउने लक्ष्य लिएको उनको भनाई छ । त्यसैअनुसार व्यवसायिक स्याउ खेतीमा स्थानीयलाई प्रोेत्साहन गरिएको नगरपालिका उपप्रमुख बिजया विष्टले बताईन् । ‘खाद्यमा आत्मनिर्भर बनाउने अरू कुनै उपाय नै छैन’ उनले भनिन्, ‘स्याउ खेती लगाएर नै यहाँका स्थानीयलाई आत्मनिर्भर बनाउने योजना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला