२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका कृषकलाई घुम्ती तालिम

१५ फाल्गुन २०७४, मंगलवार १६:३६

फागुन १५, कालिकोट । नरहरीनाथ गाउँपालिकाको वडा नं. ८ मा किसानहरुका लागि बेमौषमी तरकारी खेती प्रविधि सम्बन्धि घुम्ती तालिम दिईएको छ । नरहरीनाथ गाउँपालिकाको कृषि शाखाको आयोजनामा गाउँपालिकाको वडा नं. ८ का ६० जना किसानहरुलाई बेमौषमी तरकारी खेती प्रविधिका बारेमा घुम्ती तालिम दिईएको हो ।

तालिममा बेमौषमी तरकारी खेती गर्दा व्याड कसरी राख्ने, तापक्रम व्यवस्थापनका लागि पौष्टिक घर कसरी निर्माण गर्ने, कुन तरकारी बाली कसरी खेती गर्ने लगायतका बिषयमा प्रशिक्षण दिईएको सलेपा दमनराज भण्डाराले जानकारी दिए । 

उनका अनुसार गाँउपालिकाका हरेक वडामा सम्भावनाका आधारमा नगदे बालीको व्यवसायिक खेतीलाई प्रबद्र्धन गरी किसानहरुको आयस्तरमा बृद्धि गर्न गाँउपालिकाको आयोजनामा स्थलगत रुपमा कृषि प्राविधिकहरुको सहभागीतामा घुम्ती तालिमको आयोजना गरिएको हो ।

नरहरीनाथ गाउँपालिका वडा नं. ८ का कृषक समुहका अध्यक्ष जसी बिष्टको अध्यक्षता तथा ८ नम्बर वडापालिका सदस्य टेकबहादुर बिष्टको प्रमूख आतिथ्यतामा भएको तालिममा नरहरीनाथ गाउँपालिकाका कृषि प्राविधिकहरु रणधिर शाह र कम्मर शाहले सहजीकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य