२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटका उत्कृष्ट किसान सम्मानित, को-को बने उत्कृष्ट ?

२६ फाल्गुन २०७४, शनिबार ११:४८

फागुन २६, नुवाकोट (रासस) | तरकारी तथा फलफूल प्रदर्शनीमा उत्कृष्ट भएका किसानलाई सम्मान गरिएको छ । 

विदुरमा सञ्चालन भइरहेको पाँचौँ नुवाकोट महोत्सवमा तरकारी तथा फलफूलका विभिन्न सात विधामा उत्कृष्ट भएका किसानलाई नगद र सम्मानपत्रबाट शुक्रवार पुरस्कृत गरिएको हो । 

सम्मानित हुनेहरुमा काउली–बन्दा समूहबाट दुर्गादेवी दाहाल (पहिलो), बैकुण्ठ कोइराला (दोस्रो), सुमन दाहाल (तेस्रो) र सुजीता पुडासैनी (सन्त्वना) छन् । 

त्यस्तै, लहरे तरकारी समूहतर्फ सोमबहादुर मोक्तान (पहिलो), दीलबहादुर गुरुङ (दोस्रो), जागरुक कृषि सहकारी संस्था (तेस्रो ) र रत्नबहादुर कार्की (सन्त्वना) छन् भने बाली समूहतर्फ (आलु, गोलभेँडा, मुला, रायो) रामप्रसाद पुडासैनी पहिलो, सोमबहादुर तामाङ दोस्रो, थानसिंह कृषि सहकारी संस्था तेस्रो र माधव दाहाल सान्त्वना छन् । 

यसैगरी बाली समूहको खाद्यान्नतर्फ जागरुक कृषि सहकारी संस्था पहिलो, जीवराज खतिवडा दोस्रो, मुकुन्द दाहाल तेस्रो र धुर्वेन्द्र बोहरा सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । 

त्यस्तै बाली समूहकै फलफूलतर्फ सूर्य तामाङ पहिलो, रमेश चित्रकार दोस्रो, सोमबहादुर तामाङ तेस्रो र विपीन पुडासैनी सान्त्वना पुरस्कार हासिल गर्नुभयो भने बाली समूहकै नगदे तथा मसला समूहतर्फ मेघबहादुर तामाङ पहिलो, नेमाकाजी तामाङ दोस्रो, माधवप्रसाद भट्ट तेस्रो र ज्योति पुडासैनी सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । 

यसैगरी बाली समूहको विभिन्न बाली समूहतर्फ मेघबहादुर तामाङ पहिलो, दीलबहादुर गुरुङ दोस्रो, लक्ष्मी मुनाकर्मी तेस्रो र नकुल भण्डारी सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य