२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु: पशुपालनबाट मासिक १ लाख आम्दानी गर्छन् गिरी

२०७४, २ चैत्र शुक्रबार १०:२९

 चैत २, कपिलवस्तु | वाणगंगा नगरपालिका–७ मोतिपुरका जयलाल गिरीले पशुपालनबाट मासिक रु एक लाख आम्दानी गर्दैआउनुभएको छ । 

चार वर्षदेखि व्यावसायिक रुपमा पशुपालन गर्दैआउनुभएका गिरी बाह्र वर्ष खाडी मुलुकमा काम गरेर फर्कनुभएको हो । उहाँले अहिले व्यावसायिक रुपमा बाख्रा, भैँसी र गाईपालन गर्दै आउनुभएको छ । कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी गिरीले २०७० सालदेखि कृषि व्यवसाय अङ्गाल्नुभएको हो । उहाँले १५० वटा बाख्राबाट व्यवसाय थाल्नुभएको हो । 

हाल उहाँले २२ वटा भैँसी र गाईसमेत पाल्नुभएको छ । बाख्रापालनबाट वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्म आम्दानीे गरिरहनुभएको छ । “दूध बेचेर मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । 

तीन बिघा पाँच कट्ठा जमिनमा उहाँले पशुपालन गर्नुभएको छ । अझै १० वटा उन्नत जातका गाई थप्ने योजना उहाँको छ । उन्नत जातका बाख्रा विदेशबाट ल्याउने तयारीमा गिरी हुनुहुन्छ । उहाँले व्यवसायमा अहिलेसम्म रु ५५ लाख लगानी गरिसक्नुभएको छ । 

“विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश आएर कृषि व्यवसायमा हात हालेको हुँ,” उहाँले भन्नुभयो । गिरीले स्थानीय एक सरकारी विद्यालयको जग्गा भाडामा लिएर व्यवसाय शुरु गर्नुभएको हो । 

“राज्यले ऋणमा सहुलियत दिनुपर्छ”, उहाँले भन्नुभयो । व्यावसायिक पशुपालनसँगै उहाँले माछापालन समेत गर्दैआउनुभएको छ । उहाँलाई बिक्रीको कुनै चिन्ता छैन । उहाँले फार्ममा खरी, जमुनापारि, क्रस, वित्तल क्रस र लोकल जातका बाख्रा पाल्नुभएको छ । भैँसी स्थानीय जातका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा