२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१२ वटा बाेयरबाेका ढाकावाङ्गमा हस्तान्तरण

२ चैत्र २०७४, शुक्रबार १६:११

किसानका लागि उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान र जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीकाे सहयाेगमा प्रगतिशील बाख्रपालन समूह भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग मा अाज एक कार्यक्रमका बिच १२ वटा बाेयर बाेका हस्तान्तरण गरिएकाे छ ।

प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले बाख्रापालन समुहले गरेका कामलाई निरन्तरता दिनुपर्ने बताउदै उहाँले बाख्रापालन व्यवसाय फस्टाई समृद्ध बनेर नमुना कृषक बन्न अनुरोध गर्नुभयो ।

उहाँले जनता समृद्ध बन्नका लागि बाख्रापालन व्यवसाय सजिलो सँगसँगै ध्यान दिनुपर्ने बताउँदै यहाँ केही समस्या आए सहयोगका लागि पशु सेवा कार्यालय तयार रहेको बताउँनुभयो ।

केयुबिके बुटवलका महेन्द्र भन्डारिले किसानका लागि उन्नत बिउभिजन कार्यक्रमले  किसानहरुलाई ब्यवसायमा बनाउन तर्फ उन्मुख रहेकाे बताउनु भयाे 

वडा अध्यक्ष बुद्धि बहादुर थापाले बाख्रापालन बाट जनता समृद्ध बन्न सक्ने भएकाले बाख्रापालनलाई ध्यान दिदै सहयोगका लागि वडा कार्यालय तयार रहेको बताउदै पशु र कृषिका कार्यक्रममा बजेट कमि भएकोले आगामि वर्ष धेरै वजेट छुट्याई समृद्ध पशुपालन र कृषिबाट नै बन्न सक्ने बताउँनुभयो । ठुलाे सम्पत्ति अाज हाम्रो वडामा भित्रिएकाेले यसलाई राम्रो सग पालनपोषण गरि बाेयर बाेकाकाे नमुना याेग्य वडा बनाउन अनुराेध गर्नुभएको छ । 

केयुविकेका निमित्त प्रमुख राधा नेपालीले कृषकले गरेको कामको प्रशंसा गर्दै निरन्तरता दिन अनुरोध गर्नुभयो ।  कार्यक्रममा सामुहकि सदस्य कमला खनाल बिश्व मा विका पुर्व प्राचार्य खड्क बहादुर थापा  पशु सेवा कार्यालयका प्राविधिक सुन्दर बि क  भुमिकास्थान नगरपालिका वडा नम्बर १ र २ का स्वास्थ्य चाैकि प्रमुख ईशा खड्का पत्रकार जितेन्द्र खत्रि लगाएतले कृषकले गरेको कार्यको प्रशंसा गर्नुभएको छ । 

प्रगतिशील बाख्रापालन समुहमा १२५ जना  सदस्य रहेको र  समुहमा १२५ वटा अाधुनिक खाेर बनाउने अभियानमा जुटेकाेर अहिले ५० वटा आधुनिक खोर निर्माण गरेकाे  १०० प्रतिशत क्रस बाेयर बोका १२ वटा, घाँस उत्पादन, कृषकलाई तालिम दिने कार्य समुहले गरेको छ । किसानका लागि उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान र जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीकाे सहयाेगमा प्रगतिशील बाख्रपालन समूह भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग मा अाज डिभर्ना बाट उत्पादन भएका करिब चार लाख एकसय बराबरका १२ वटा बाेयरबाेका ढाकावाङ्ग लगिएको हाे । कार्यक्रम समुहका अध्यक्ष गाेपाल प्रसाद खनालको अध्यक्षता, भुवानन्द भुसालको स्वागत मन्तव्य  सचिव खिम बहादुर राउतको सञ्चालनमा सम्पन्न भएको पत्रकार जितेन्द्र खत्रिले समाचार पठाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान