२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सप्तरीमा कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण

१५ चैत्र २०७४, बिहीबार ०४:१७

चैत १५, राजविराज (रासस) | जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषक समूहको छनौट गरी कृषकलाई आवश्यक सामग्री वितरण गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालय, सप्तरीमा बुधबार आयोजित कार्यक्रममा जिल्लाका ६३ कृषक समूहलाई कृषि प्रयोजनका लागि स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्मोमिटर प्रदान गरिएको वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो । 

सो अवसरमा प्रदेश नम्बर २ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरी जिल्लाका ६३ वटा कृषक समूहलाई स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्मेमिटर हस्तान्तरण गर्नुभयो । 


कृषि सूचना प्रणालीको माध्यमबाट कृषक, कृषक समुदाय तथा सरोकारवालालाई पूर्व सूचना प्रणालीअन्तर्गत कृषिसँग सम्बन्धित सूचनाहरु प्रवाह गर्ने र अनुकुलनात्मक मौसमलाई सहजीकरण गरी कृषि उत्पादनमा अभिवृद्घि गर्ने उद्देश्यले सो उपकरण वितरण गरिएको वरिष्ठ कृषि अधिकृत यादवले जानकारी दिनुभयो । 

सो क्रममा मन्त्री साहले कृषि प्रयोजनका लागि सहयोग गरिएको उपकरणको सदुपयोग गर्नसमेत कृषक समूहलाई आग्रह गर्नुभयो । 

साथै प्रदेश सरकार सञ्चालन र आर्थिकभार बहन गर्नसक्ने आधार कृषि भएकाले सरकारको प्रमुख प्राथमिकतामा कृषि क्षेत्रलाई राखिएको समेत उहाँले बताउनुभयो । 

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित जलवायु समुत्थानसम्बन्धी नमुना कार्यक्रमअन्तर्गत कृषि उपकरण वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयबाट बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य