२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लसुन र प्याजको उत्पादन बढ्न सकेन

२०७४, १८ चैत्र आईतवार ११:४८

चैत  १८, ललितपुर | उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् । 

नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । 

काठमाडौँ उपत्यका र त्यस आसपासमा असोज–कात्तिकमा लसुन रोपेर वैशाख–जेठमा टिप्ने गरिन्छ । छ÷सात महिनासम्म उत्पादनका लागि कुर्नुपर्ने भएकाले किसानले त्यसको सटटृा सागपातबाट २० दिनदेखि, काउलीबाट ६० दिनदेखि र आलुबाट ९० दिनदेखि उत्पादन लिन थाल्ने जानकारी दिंदेै उहाँले भन्नुभयो, “नेपालमा व्यावसायिक किसान बढ्दै छन् र उनीहरु छोटो अवधिमा नै नगद हातमा पर्ने तरकारी मात्रै लगाउन चाहन्छन् ।” 

एक दशकयता अरु खालका तरकारीको आयात ह्वात्तै घटे पनि लसुन र प्याजको भने बढेको छ । भारतबाट सस्तो मूल्यमा भित्रने हुँदा किसानले सस्तोमा बिक्री गर्नुपर्ने चिन्ताले कम मात्रामा लसुन र प्याज रोप्ने गरेका हुन् । लसुन र प्याजमा आत्मनिर्भर बनाउने हो भने सरकारले नै किसानलाई प्रोत्साहनका कार्यक्रम गर्नुपर्छ । उहाँले भन्नुभयो, “हामीले किसानलाई घाटा हुँदैन भनेर विश्वस्त नबनाएसम्म हामी यी उत्पादनमा आत्मनिर्भर बन्न सक्दैनौँ ।” 

तथ्यांकले आयात बढी देखाए पनि नेपाल धेरै खालका तरकारीमा भने आत्मनिर्भर छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते