२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जैविक विषादी बनाउँदै तेह्रथुमका किसान

२०७५, १७ बैशाख सोमबार ०७:४३

प्रकाश धौलाकोटी/वैशाख १७ तेह्रथुम | तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका नेत्र ढकालले आफ्नै बारीमा टिमुर, हात्तीवार र सिमली उमार्नुभएको छ । 

वनस्पतिको प्रयोगबाट बालीनालीका लागि प्राङ्गारिक जैविक विषादी बनाउन सकिने भएपछि सयपत्री, तितेपातीजस्ता मौसमी वनस्पतिको पनि उहाँले खेती गर्नुभएको छ । गाउँघरमा पाइने वनस्पतिबाट खेतीमा लाग्ने रोगका कीरा मार्न सकिने भएकाले जिल्लाका धेरै गाउँमा जैविक विषादी बनाउने लहर चलेको छ। 

यस्तो विषादी बनाउन कम खर्च लाग्ने र तिनको प्रयोगबाट हानि नहुने बुझेपछि किसानले जैविक विषादीको प्रयोग बढाएका छन् । बालीनाली र तरकारीमा रासायनिक मलको प्रयोग क्रमशः घट्दै गएको छ । पछिल्लो समय नसर्ने रोगको मुख्य कारणका रूपमा पनि घातक विषादीको प्रयोग भएको भन्ने तथ्य बाहिर आएपछि किसानले पनि जैविक विषादी बनाएर प्रयोग गर्न थालेका हुन् । किसान आफैँ जैविक विषादी प्रयोग र प्रचारको अभियानमा लागेका छन् । 

किसान ढकाल भन्नुहुन्छ, “मैले गएको पाँच वर्षदेखि जैविक मल आफैँ बनाएर प्रयोग गर्दै आएको छु ।” आफूले बनाएको जैविक विषादीबारे गाउँका अरु किसानलाई पनि सिकाएपछि अहिले सिंगो गाउँ नै जैविक विषादीयुक्त गाउँका रुपमा परिचित बनेको उहाँ बताउनुहुन्छ । ओयाक्जुङका किसानले अहिले अदुवा, अकबरे, अलैँची, बन्दा, आलु, स्याउ, केरा, मटरलगायतका तरकारी र फलफूल बालीमा जैविक विषादीको प्रयोग गर्न थालेका छन् । 

मकै, धानलगायत अन्नबालीको खेतीमा पनि युरियालगायत रसायनिक मलको प्रयोग हुन छाडेको छ । किसानले प्राङ्गारिक मल आफैँ बनाएर प्रयोग गर्न थालेका अर्का स्थानीय कृषक नारायण ढकाल बताउनुहुन्छ । उहाँ भन्नुुहन्छ, “गाउँमा अग्र्यानिक उत्पादनको होडबाजी चलेको छ, सबैले जैविक विषादी आफैँ बनाउँछन् र प्रयोग गर्छन् ।” ओयाक्जुङमा मात्रै हैन, जिल्लाका वसन्तपुर, सोल्मा, सुङ्नाम, ओख्रे, सुदाप, आङ्दिम, हमरजुङ, श्रीजुङ, पौठाक, मोराहाङ, आम्बुङ र पिप्लेलगायत गाउँका किसानले पनि जैविक विषादीको प्रयोग बढाएका छन् । 

आठराई गाउँपालिका–५, छातेढुंगाको करीब सय घरधुरी किसान रहेको खानीटार गाउँका किसानले सिंगो गाउँलाई पनि रासायनिक विषादीमुक्त गाउँ बनाउने अभियानमा छन् । आफूले उत्पादन गर्ने सबै कृषि बालीमा रासायनिक विषादीको प्रयोग निषेध गर्ने र जैविक मलको प्रयोगबाट अग्र्यानिक बालीनाली उत्पादन गरी कृषि पर्यटनको विकास गर्ने उनीहरुको सोचाइ छ । खानीटारका किसान चन्द्र तिवारी भन्नुहुन्छ, “हामीले आफै खाने उत्पादनलाई अग्र्यानिक मात्रै बनाउने होइन, हाम्रो अग्र्यानिक उत्पादन हुने बगैँचामा पर्यटक आएर घुम्ने र अग्र्यानिक कृषि उपज खाएर रमाउने गाउँ बनाउने अभियानमा छौँ ।” 

खानीटारका किसानले सुन्तला, कागती, अकबरे, अलैँची, अम्लिसो, केरा, मौरीपालनलगायत व्यावसायिक खेती गरिरहेका छन् । गाउँघरमै पाइने वनस्पतिको संयोजन गरेर किसानले जैविक मल बनाउँछन् । त्यसलाई उनीहरुले रासायनिक मलको ठाउँमा प्रयोग गर्छन् । जैविक विषादी गाउँमा पाइने सयपत्री, टिमुर, असुरो, हात्तीबार, सिमली, लसुन, अकबरे खुर्सानी, तितेपाती, सूर्ती, बकाइनो, गोदावरी फूल, बोझो, सिस्नुलगायतका वनस्पतिको मिश्रणवाट बनाइन्छ। 

यसरी बनाएको विषादीले बालीनालीमा लाग्ने रोग कीराको नियन्त्रणमा सहयोग पु¥याउँछ । “यी सबै वनस्पतिलाई टुक्राएर एउटा ड्रममा खाँद्नुपर्छ”, ओयाक्जुङका किसान मालती जोगी भन्नुहुन्छ, “एक महिनासम्म हावा नछिर्ने गरी राखेपछि तयार भएको विषादी जति नै पुनः गहुँत फिट्नुपर्छ। एक महिना लगाएर तयार भएको विषादीलाई एक भागमा २० भाग पानी हालेर प्रयोग गर्नुपर्छ।” सो विषादी रोगकीरा नियन्त्रणका लागि उपयुक्त हुने उहाँको भनाइ छ । 

किसानले रासायनिक मल र विषादीको प्रयोगले उर्वर माटोमात्र नभएर प्रयोग र उपभोग गर्ने दुवैलाई गम्भीर समस्या निम्तिने गरेको बुझेपछि जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । रासायनिक मल जस्तैः युरिया, डिएपीलगायतको विकल्पमा समेत किसानले कम्पोष्ट र प्राङ्गारिक मल बनाएर प्रयोग गर्न थालेका छथर गाउँपालिका–२ का किसान लोकेन्द्र बुढाथोकी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबैका घरमा कमसेकम एक–दुई वटा गाईभैँसी छँदैछन्, ती नै गाईभैँंसीको मल र मूत्रबाट प्राङ्गारिक मल निर्माण गरे पनि पर्याप्त हुन्छ ।” 

किसानले सुधारिएको गोठ प्रयोग गरेर प्राङ्गारिक मल निर्माण गरी प्रयोग गरिरहेका छन् । ओयाक्जुङका किसान नेत्र ढकालको गोठसँगै ५०० लिटर क्षमताको प्लाष्टिक टंकी पनि राखिएको छ । टंकीमा गाई, भैँसी र गोरुले गरेको पिसाब दैनिक रुपमा जम्मा हुन्छ । गाईबस्तुको दिशालाई सोत्तर र स्याउलासँग मिलाएर प्राङ्गारिक मल बनाउने गरेको उहाँले बताउनुभयो । जिल्लाका किसानले रासायनिक मलको प्रयोगलाई क्रमशः घटाएर लगेका छन् । 

किसानले अग्र्यानिक उत्पादनको मूल्य र उपभोक्तालाई गर्ने लाभका विषयमा जानकारी पाएपछि जैविक मल र विषादीको प्रयोग बढाएका जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक भुवन बुढाथोकी बताउनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो