२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाल्पामा असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

२०७५, २० बैशाख बिहीबार ०७:५४

वैशाख २० पाल्पा | पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो । 

जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पु¥याएको छ । तानसेन नगरपालिका–१४ अर्गली बस्ने कृषक निर्मल रानाले २० रोपनी जमिनमा लगाएको काँक्रा, सिमी, करेला असिनाले हिर्काएर नष्ट हुँदा करीब ६ लाख बराबरको नोक्सानी भएको उहाँले बताउनुभयो । 

तानसेन नगरपालिका–९ का धुव्रराज भण्डारीले पनि २३ रोपनी जमिनमा लगाएको तरकारी बाली असिनाले नष्ट गर्दा १० लाख बराबरको क्षति पुगेको उहाँको गुनासो थियो । तानसेन नगरपालिका–७ कुन्सरेका अनिल थापाको २० रोपनीमा लगाएको खुर्सानी, टमाटर, काँक्रा नष्ट हुँदा रू आठ लाख बराबरको क्षति भएको छ । पन्ध्र वर्षयता ठूलो असिनापानी परेकाले यस वर्ष बालीनालीमा ठूलो नोक्सान पुगेको कृषकहरू बताउँछन् । 

तानसेन नगरपालिकाभित्र मात्र असिनापानीका कारण रू चार करोड ८० लाख बराबरको तरकारी क्षति भएको छ । २०० हेक्टर क्षेत्रफलमा एक हजार ६०० मेट्रिक टन तरकारी असिनाले नष्ट गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले बताउनुभयो । किसानले लगाएको ८० प्रतिशत तरकारी असिनाका कारण क्षति भएको प्रारम्भिक विवरण आएको भए पनि क्षति अझै बढ्न सक्ने उहाँको भनाइ थियो । 

हालसम्म प्राप्त जानकारीअनुसार तानसेन नगरपालिका–९ दमकडामा ७० हेक्टरमा लगाएको तरकारी बाली नष्ट भएको छ भने वडा नं ७ सुन्दरगाउँमा ५० हेक्टर, वडा नं ८ को मदनपोखरामा २५ हेक्टर, वडा नं ६ को बर्तुङ्गमा २० हेक्टर, वडा नं१४ को अर्गलीमा १४ हेक्टर जमीनमा र अन्य वडामा गरी २०० हेक्टर क्षेत्रफलमा लगाएको तरकारी खेती नष्ट हुँदा किसानलाई करिव रू चार करोड ८० लाख बराबरको क्षतिको विवरण आएको वरिष्ठ कृषि विकास अधिकृत पाण्डेको भनाइ थियो । 

यहाँका किसानले बेमौसमी काँक्रा, करेला, सिमी, लौका, भन्टा, टमाटर, खुर्सानी, बोडी, बन्दा काउली, प्याज र लसुनको व्यावसायिक खेती गर्दै आएका थिए । फल लाग्दै गरेका सुन्तला, आँप, काफलमा पनि असिनापानीले पूर्ण रुपमा नष्ट गरेको छ । अत्यधिक असिनाको कारण व्यावसायिक रुपमा सुन्तलाको खेती गर्दै आएका छहरा अमलावास, भुवनपोखरी, मुझुङ, पालुङ्गमैनादी, बतासे, जल्पा लगायतका किसानको करोडौँ नोक्सान हँुदा कृषक चिन्तित भएका हुन् । भर्खरै खेतबारीमा उम्रेका मकैमा पनि असिनापानीले क्षति पुर्याएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते