२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुनसरीमा हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

२६ बैशाख २०७५, बुधबार ०३:४१

वैशाख २६, इनरुवा | सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । 

सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको हो । 

असिना, पानी र हावाहुरीका कारण सुनसरीमा मात्र रु एक करोड मूल्य बराबरको क्षति तरकारी बाली, दलहन, रुख बिरुवा, आँप, लिचीलगायतका फलफूलमा क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । हावाहुरीका कारण जिल्लाका अधिकांश स्थानमा रुख बिरुवा ढलेर क्षतिग्रस्त बनेको स्थानीय चन्दन मेहताले बताउनुभयो । 

अचानक आज बिहान ४:३० बजेदेखि शुरु भएको हावाहुरी र असिनापानीले केरा, लहरे बाली, तरकारी बाली र वन नर्सरी तथा रुख बिरुवामा क्षति पुगेको स्थानीय वीरेन्द्र मेहताले बताउनुभयो । 

हावाहुरीले भित्र्याउन लागेको मकैबालीमा पनि क्षति पुगेको छ भने तरकारी बाली डुबानमा परेको कृषकले बताएका छन् । हावाहुरीले सिंगै रुख बिरुवा ढलेर सखाप भएका छन् भने केरा बाली पूर्णरुपमा सखाप भएको कृषकले बताएका छन् । हावाहुरीले जिल्लाका विभिन्न भागमा कैयौँ घर लडेर क्षतिग्रस्त भएको बबियाका शिक्षक देवकृष्ण यादवले बताउनुभयो । 

उता हावाहुरीका कारण केही स्थानमा विद्युत् पोलमा समेत क्षति भएकाले बिहानदेखि विद्युत् अवरोध भएको छ । जिल्लामा आँप, कटहर, लिची र जामुनमा राम्रो फल लागेको भएपनि हावाहुरी र असिनापानीले ८० प्रतिशतमा क्षति पुर्याएको कृषकले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य