२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बालीमा रोग तथा कीराको आक्रमण

१९ असार २०७५, मंगलवार ०९:५६

असार १९, ललितपुर | स्वस्थ बिरुवा, उपयुक्त मौसम र माटोको चिस्यानको अवस्था नमिल्दा बालीमा रोग तथा कीराले आक्रमण गर्ने गरेको छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले बालीमा गरेको विभिन्न अध्ययनले बिरुवा, माटो, मौसमलगायतमा ध्यान नदिँदा रोगले सजिलै आक्रमण गर्ने पाइएको छ । 

सम्भव भएसम्म रोग अवरोधक जातमात्रै रोप्नुपर्ने महाशाखाकी वैज्ञानिक चेतना मानन्धर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुन बिरुवा कुन ठाउँका लागि हो र बिरुवा स्वस्थ हो÷होइन बुझेरमात्रै रोप्नुपर्छ ।” एउटा ठाउँका लागि सुहाउँदो बिरुवा अर्को ठाउँमा लगाउँदा रोगले सताउने र उत्पादन कम हुन्छ । 

जलवायु परिवर्तनका कारण वर्षामा पानी नपर्ने र हिउँदमा पानी पर्न थालेको छ । किसानले समयमा बाली लगाउन पाएका छैनन् । कतिपय मौसम बालीका लागि उपयुक्त नहुँदा कीरा र रोगका लागि भने उपयुक्त हुन्छ । 

“कुन समयमा कुन बिरुवा रोप्ने भन्ने विचार गर्नुपर्छ,” मानन्धरले भन्नुभयो । 

माटोमा चिस्यानको अवस्था हेरेरमात्रै किसानले बिरुवा रोप्दा रोग तथा कीराको प्रकोप कम गर्न सकिन्छ । माटोमा ढुसी हुँदा विभिन्न उपाय अपनाएर त्यसलाई हटाएरमात्रै रोप्दा बिरुवा राम्ररी हुर्कन्छ । ढुसी, कीरा तथा रोग लाग्दा पनि पहिले किसानले जैविक उपचारतर्फ लाग्नुपर्छ । जैविक उपचारले काम नगरेको अवस्थामा मात्रै विषादी प्रयोग गर्नुपर्ने मानन्धरको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य