२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पाणिनि गाँउपालिकाको दुर्गाफटमा दुर्वासा दुग्ध उत्पादन समुहको डेयरीको समुदघाटन

२०७५, २५ असार सोमबार ०५:१०

असार २५, अर्घाखाँची | प्रदेस सभाका सदस्य रामजी प्रसाद घिमिरेले उत्पादन र स्वरोजगारलाइ ध्यान दिएर बजेट विनियोजन गर्नु  पर्ने बताउनु भएको छ । 

पाणिनि गाँउपालिकाको दुर्गाफटमा दुर्वासा दुग्ध उत्पादन समुहको डेयरीको समुदघाटन गर्दै सदस्य घिमिरेले पशुपालन र कृषिबाट स्वरोजगारमा अगाडी बढ्नु पर्ने बताउनु भएको हो । 

उहाले विकास निर्माणका योजना छनोट गर्दा  उत्पादन मुलकका योजना छनोट गरेर उत्पादनमा बृद्धि गर्नु अहिलेको आबस्यक्ता रहेको बताउनु भयो । 

पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले कृषि र पशुपालनलाइ ध्यानमा राखेर पालिकाले बजेट विनियोजन गरेको बताउनु भयो । उहाले कृषि र पशुपालनमा स्वरोजगार सृजना हुने भएकाले यसैमा लाग्न वेरोजगार युवायुवतीलाइ आग्रह गर्नु भयो । 

कार्यक्रममा गाँउपालिकाको उपाध्यक्ष लक्ष्मी गौतमले पाणिनिबाट दुध बाहिरी जिल्लामा पनि निकासी गरिएकोमा कृषकहरुलाइ धन्यबाद ज्ञापन गर्नु भयो । 

कार्यक्रममा नेकपाका नेता कुटमदिन अलि, वडा अध्यक्षहरु जिवलाल घिमिरे, सुभबहादुर सारु, मिनराज आत्रेय,  पाणिनि गाँउपालिका कार्यपालिका सदस्य इश्वरा केसी, ओम प्रसाद विक, पशु सेवा केन्द्रका मदन सिंह यादव, पत्रकार महासंघका प्रदेस सदस्य सोभाखर पन्थी, प्रेम आचार्य, पत्रकारहरु रिदय भुसाल, अर्जुन भुसाल, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा दुग्ध उत्पादक नमुना कृषकहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रम दुर्वासा दुग्ध उत्पादक समुहका अध्यक्ष दयाराम गौतमको अध्यक्षता, बाबुराम घिमिरे (भुवनको) स्वागत र रोमाकान्त वेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने