२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटका चारसय किसानलाई क्यान वितरण

३२ असार २०७५, सोमबार ११:०४

असार ३२, नुवाकोट | भूकम्पबाट प्रभावित यहाँका ४०० किसानलाई आज जिल्ला पशु सेवा कार्यालयले ट्यामी (दूध बोक्ने क्यान) वितरण गरेको छ । 

दूध बिक्री गर्दै आएका किसानलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनःनिर्माण कोषअन्तर्गत पशु सेवा कार्यक्रममार्फत प्राप्त अनुदान रकमबाट क्यान वितरण गरिएको हो । 

भूकम्पबाट क्षति व्यहोरे पनि पशुपालनलाई निरन्तरता दिँदै आएका किसानलाई एक÷एक थान क्यान उपलब्ध गराएको पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिनुभयो । सहकारी संस्थामार्फत माग भएर आएका तथा व्यक्तिगत रुपमा निवेदन दिएका ५३ किसानलाई डेरीसम्म दूध लैजान पाँच लिटर क्षमताको क्यान वितरण गरिएको हो । 

“किसानलाई प्रोत्साहन गर्न क्यान उपलब्ध गराएका हौँ,” भट्टले भन्नुभयो । 

पुनःनिर्माण कोषमार्फत यसवर्ष यहाँका भूकम्पपीडित ५० किसानलाई गोठ निर्माण, ५० किसानलाई पशु सुधार गोठ निर्माण, १२ किसानलाई कुखुराको खोर निर्माण, ३१ किसानलाई उन्नत जातको ब्याडको बोका तथा पाँच हजारभन्दा बढी किम्बु घाँसको बिरुवा वितरण गरिएको छ । 

जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कअनुसार यसवर्ष जिल्लामा २४ हजार ६९१ मेट्रिक टन दूध उत्पादन भएकामा छ हजार ९५८ मेट्रिक टन दूध जिल्ला बाहिर बिक्री गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य