२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धादिङमा कानून विपरीत पशु बधशाला निर्माण

६ श्रावण २०७५, आईतवार ०३:३१

साउन ६, मलेखु, धादिङ | आवश्यक प्रक्रियासमेत पूरा नगरी मापदण्ड विपरीत नीलकण्ठ नगरपालिकाले पशु बधशाला स्थापना गर्न बजेट विनियोजन गरी असार साउनमा बधशालाको भवन धमाधम निर्माण गरिरहेको छ । 

पशु बधशाला निर्माण गरी सञ्चालन गर्नका लगि पूर्व अनुमति र इजाजत लिनुपर्ने कानूनी व्यवस्था विपरीत धादिङस्थित नीलकण्ठ नगरपालिकाले गत वर्षको बजेटबाट असार साउनमा धमाधम बधशाला निर्माण गरिरहेको हो । 

पशु बधशाला र मासु जाँच प्राविधिक निर्देशिका २०६४ ले इजाजत पत्र नलिई पशु बधशाला खोल्न र मासुको बिक्री वितरण गर्न रोक लगाएको छ । 

नीलकण्ठ नगरपालिका–८ थोपलखोला किनारमा रहेको जग्गामा बधशाला निर्माण गर्न शुरु गरिएको हो । पशु बधशाला निर्माण पूर्व प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) गरी अनुमति लिनुपर्नेमा नलिई सो स्थानमा बधशाला निर्माण जिम्मा दिइएको हो । 

बधशाला निर्माण गरिएको जग्गा नीलकण्ठ नगरपालिकाका सल्लाहकार दीपक कोइरालाको जग्गामा भवन बनाउन अनुमति दिइएको नीलकण्ठ नगरपालिकाले जानकारी दिएको छ । 

नीलकण्ठ नगरपालिका–३ मा फ्रेस हाउस सञ्चालनको अनुमति पाएको नमल फ्रेस हाउसलाई वडा नं ८ मा बधशाला निर्माण गर्न नमिल्ने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । 

कानून विपरीत जथाभावी खुलेका बधशाला र मासु पसलले एकातिर जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने जोखिम बढाएको छ भने अर्कातिर व्यवसाय सञ्चालनबापत राज्यले पाउनुपर्ने करसमेत छली गर्ने गरेको स्थानीयले बताएका छन् । नगरपालिकाकै मिलेमतोमा अनुदानको रकम दुरुपयोग र कानून उल्लंघन हुने गरेको स्थानीयवासीले आरोप लगाएका छन् । 

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले स्थानीय सरकारले केन्द्रीय कार्य विधिलाई मान्नु पर्ने बाध्यात्मक व्यवस्था नभएकाले नगरपालिका क्षेत्रभित्र गरिने कामको अधिकार नगरपालिकाको हुने बताउनुभयो । 

जिल्लाभर तीनवटा पशु बधशालाले मात्र सञ्चालनको अनुमति पाएका छन् भने निर्माणाधीन एउटाको आइइ नगरेको भन्दै निर्माणमा रोग लगाइएको छ । धादिङ जिल्लामा २०० को हाराहारीमा मासु पसल सञ्चालनमा रहेकामा ७५ वटा मासु पसलले मात्र मासु बिक्री गर्न अनुमति पाएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य